अन्तराष्ट्रिय खबर

अमेरिकाकामा साढे ३ महिनाको अवधिमा भ्याक्सिन लगाएका ६१६ जनाको मृ*त्यु

अमेरिकामा १३ राज्य र स्थानमा साढे ३ महिनाको अवधिमा कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएका ६१६ जनाको मृत्यु भएको छ । ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

अप्रिल ४ देखि जुलाई १७ सम्मको अवधिमा उनीहरुको मृत्यु भएको तथ्यांक सीडीसीले सार्वजनिक गरेको छ ।

कोरोनाको डेल्टा भेरियन्टको प्रभाव बढेको अवस्थामा यो तथ्यांक निकालिएको हो । ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

यो तथ्यांक अलाबामा, एरिजोना, कोलोराडो, इन्डियाना, क्यालिफोर्नियाको लस एन्जलस,

लुजियाना, मेरिल्याण्ड, मिनेसोटा, न्यू मेक्सिको, न्युयोर्कको न्युयोर्क सिटी, नर्थ क्यारोलिना, वासिंटनको शियाटल र किङ काउन्टी र युटाहको तथ्यांक हो ।

यो अवधिमा भ्याक्सिन नलगाएका ५ लाख ६९ हजार १ सय ४२ जना संक्रमित भएका थिए भने भ्याक्सिन

लगाएकाहरु ४६ हजार ३ सय १२ जना संक्रमित भएका थिए ।

अर्थात् कुल संक्रमितमध्ये ९२ प्रतिशत भ्याक्सिन नलगाएकाहरु र ८ प्रतिशत भ्याक्सिन लगाएकाहरु थिए ।

त्यस्तै यो अवधिमा ३४ हजार ९ सय ७२ जना भ्याक्सिन नलगाएकाहरु अस्पतालमा नै भर्ना हुनु परेको थियो ।

भ्याक्सिन लगाएकाहरु भने २९ सय ७६ जना अस्पतालमा भर्ना भएका थिए । अर्थात कुल अस्पतालमा भर्ना हुनेहरुमध्ये ९२ प्रतिशत भ्याक्सिन नलगाएकाहरु र ८ प्रतिशत भ्याक्सिन लगाएकाहरु थिए ।

यही अवधिमा भ्याक्सिन नलगाएका ६ हजार १ सय ३२ जनाको मृत्यु भयो । जबकी भ्याक्सिन लगाएकाहरु ६१६ जनाको मृत्यु भएको थियो । अर्थात अर्थात् कोरोना संक्रमणबाट कुल मृत्युमध्ये ९१ प्रतिशत भ्याक्सिन नलगाएकाहरु र ९ प्रतिशत भ्याक्सिन लगाएकाहरु थिए ।नयाँ अध्ययन अनुशार पूर्ण रुपमा भ्याक्सिन नलगाएकाहरुमा संक्रमणको खतरा भ्याक्सिन लगाएकाहरुको तुलनामा पाँचगुणा बढी हुने सीडीसीले सुझाव दिएको छ । त्यस्तै भ्याक्सिन लगाएकाहरुको तुलनामा नलगाएकाहरु अस्पतालमा भर्ना हुने वा सिकिस्त हुने जोखिम १० गुणा बढी हुने र मृत्यु हुने जोखिम पनि १० गुणा बढी हुने सीडीसीको भनाई छ ।

गत साता सीडीसीले सार्वजनिक गरेको एउटा तथ्यांकमा अमेरिकामा पूर्ण रुपमा भ्याक्सिन लगाएरपनि संक्रमित हुनेहरुको कुल संख्या १२ हजार ९ सय ८ रहेका थिए । अमेरिकामा १७८ मिलियन व्यक्तिले पूर्णरुपमा कोरोनाबिरुद्धको खोप लगाइसकेका छन् । यो तथ्यांक अनुशार पूर्णरुपमा भ्याक्सिन लगाएका व्यक्तिमा १३ हजारमा एकजनामामात्र संक्रमणको सम्भावना देखिएको थियो ।

के भ्याक्सिन लगाएपछि कोरोना संक्रमण हुँदैन ?
कोरोनाबिरुद्धका स्वीकृत भ्याक्सिनहरुले कोरोना संक्रमणबिरुद्ध बलियो संरक्षण प्रदान गर्छन् । फाइजर, मोडेर्ना, आष्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन लगायतका भ्याक्सिन व्यापक रुपमा वितरण गरिएका देशहरुमा कोरोनाबाट संक्रमित हुने दर पनि कम रहेको छ । तर भ्याक्सिन लगाउँदैमा सबै व्यक्ति संक्रमणबाट बच्न सक्छन् भन्ने हुँदैन ।

आष्ट्राजेनेका भ्याक्सिन प्रयोगका लागि स्वीकृत हुँदा यो भ्याक्सिनले ७० प्रतिशतमा संक्रमण हुन नदिने देखिएको थियो । त्यस्तै फाइजर भ्याक्सिनले ९० प्रतिशतमा संक्रमण हुन नदिने देखिएको थियो । बेलायतको प्रारम्भिक तथ्यांकमा दुबै भ्याक्सिनले ८० प्रतिशतमा संक्रमण रोकेको पाइएको थियो ।

कोरोनाबिरुद्धका कुनै पनि भ्याक्सिनहरु भ्याक्सिन लगाएका शतप्रतिशतमा संक्रमण हुनबाट रोक्न सक्षम छैनन् । संक्रमितहरुको बीचमा जाँदा वा भाइरसको संसर्गमा आउँदा केही भ्याक्सिन लगाएका व्यक्तिमा पनि कोरोना संक्रमण हुनसक्छ । तर भ्याक्सिन लगाएकाहरुमा कोरोना संक्रमण भइहाले पनि अधिकांशमा सामान्य लक्षण वा लक्षण नै नदेखिने हुन्छ । भ्याक्सिन लगाएकाहरु सिकिस्त हुने, अस्पताल भर्ना हुने अवस्था आउने वा ज्यानै जाने घटना दुर्लभ रहेको छ ।

भ्याक्सिनको पूर्ण डोज नलगाउँदै संक्रमणको खतरा बढी हृन्छ ?
भ्याक्सिन लगाउँदैमा तुरुन्तै वा भोलिपल्टदेखि नै संरक्षण प्राप्त हुँदैन । एकडोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएपछि पूर्ण संरक्षण प्राप्त हुनका लागि कम्तीमा दुईसाता लाग्छ । दुई डोज लगाउनुपर्ने अन्य भ्याक्सिनका सन्दर्भमा पनि दोश्रो डोज लगाएको कम्तीमा दुईसातापछिमात्र पूर्ण संरक्षण प्राप्त हुन्छ ।

भ्याक्सिनको दोश्रो डोज लगाएको दुईसाता नपुग्दै भाइरसको संसर्गमा आएको खण्डमा त्यस्ता व्यक्तिलाई कोरोना संक्रमण हुनसक्छ । वा त्यस्ता व्यक्ति कोरोना संक्रमणबाट सिकिस्त समेत हुनसक्छन् । त्यस्तै भ्याक्सिनको पूर्ण डोज लगाएपछि पनि कति व्यक्तिमा बलियो प्रतिरक्षा प्रणाली विकाश हुन्छ भने कतिपयमा कमजोर प्रतिरक्षा प्रणाली विकाश हुन्छ । कुनै पनि भ्याक्सिनले शतप्रतिशत व्यक्तिलाई संक्रमण हुनबाट संरक्षण प्रदान गर्दैनन् ।

रोयल मेलबर्न इन्स्टीच्युट अफ टेक्नोलोजीकी भ्याक्सिन विज्ञ कायली क्वीन भ्याक्सिन लगाउनुलाई सिटबेल्ट लगाउनुसँग तुलना गर्छिन् । सिटबेल्ट लगाउँदैमा सधै घाइते हुनबाट जोगिन्छ भन्ने छैन तर लगाएको खण्डमा दुर्घटना भइहालेमा अधिकांश समय घाइते हुनबाट वा गम्भिर घाइते हुनबाट भने जोगाउन सक्छ ।भ्याक्सिन लगाएकाहरु डेल्टाबाट संक्रमित भइरहेका छन् ?
कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका कैयन व्यक्ति कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित भएका विवरणहरु आएका छन् । यो भेरियन्ट बढी संक्रामक तथा छिटो र सजिलोगरी फैलिने भएकाले पछिल्लो समयमा धेरै व्यक्ति यो भेरियन्टबाट संक्रमित छन् । कतिपय अध्ययनले त सुरुको भेरियन्टको तुलनामा डेल्टा भेरियन्टले एकहजार गुणासम्म भाइरल लोड उत्पादन गर्ने निष्कर्ष निकालेका छन् ।

यो भेरियन्टको संसर्गमा आएका धेरै व्यक्तिमा संक्रमणको खतरा रहेको छ । अहिले स्वीकृत कैयन भ्याक्सिनहरुले डेल्टा भेरियन्टबिरुद्ध पनि संरक्षण प्रदान गरिरहेको अध्ययनले देखाएको छ । तर विगतका भेरियन्टको तुलनामा संरक्षण दर भने कम रहेको छ । भ्याक्सिन अनुशार पनि यो भेरियन्टबिरुद्ध संरक्षण दर फरक फरक रहेको छ ।

सीडीसी निर्देशक रोशेल वालेन्स्कीका अनुशार भ्याक्सिन लगाएकाहरुपनि कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित भएमा उनीहरुले नाक र घाँटीमा भाइरसको उल्लेख्य लोड बोक्ने पछिल्लो शोधले देखाएको छ । कुनै लक्षण नै नदेखिएका तर डेल्टाबाट संक्रमित भ्याक्सिन लगाएकाहरुले अरुमा सार्न सक्ने खतरा अन्य भेरियन्टको तुलनामा अत्यन्तै बढी रहेको छ ।के भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भएमा अरुलाई सार्न सक्छ ?
यदि तपाई भ्याक्सिन लगाइसकेपछि संक्रमित हुनुभएको खण्डमा तपाईले अरुलाई सार्ने जोखिम रहन्छ । तर भ्याक्सिन लगाएको व्यक्ति संक्रमित हुने सम्भावना कम हुने भएकाले सार्ने जोखिम पनि स्वत कम हुन्छ । बर्षको सुरुतिरको तथ्यांकहरुले भ्याक्सिन लगाएका व्यक्तिले अरुलाई सार्ने सम्भावना निकै दुर्लभ रहेको देखाएका थिए । तर डेल्टा भेरियन्टका कारण त्यो जोखिम केही बढेको छ ।

जव कुनै व्यक्ति कोरोना भाइरसबाट संक्रमित हुन्छ, तब उसले आफ्नो सेलहरुभित्र भाइरस पुनर्उत्पादन गरिरहेको हुन्छ र भाइरल लोड बढी हुन्छ । यस्तो अवस्थामा उसले श्वास फेर्दा, खोक्दा, बोल्दा, हाछ्यु गर्दा भाइरसहरु बाहिर निस्कन्छन् र अरुलाई संक्रमण हुन्छ । जुन व्यक्तिमा धेरै भाइरस उत्पादन हुन्छ वा भाइरल लोड बढी हुन्छ, त्यस्ता व्यक्तिले अरुलाई सार्ने जोखिम बढी हुन्छ । बेलायत र इजरायलमा गरिएको अध्ययनले कोरोनाबिरुद्धको खोप लगाएका व्यक्ति संक्रमित भइहाले पनि थोरैमात्र भाइरस उत्पादन गर्ने र बाहिर निकाल्ने भएकाले त्यस्ता व्यक्तिबाट अन्यमा संक्रमणको जोखिम पनि अत्यन्तै दुर्लभ हुन्छ ।

३ लाख ६५ हजार व्यक्तिमा ईंग्ल्याण्डमा गरिएको अर्को अध्ययनमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भइहालेमा पनि उक्त व्यक्तिले सोही परिवारमा आफूसँगै बस्दै आएका व्यक्तिलाई कोरोना सार्ने सम्भावना जम्मा ५० प्रतिशतमात्र रहेको पाइएको थियो । सीडीसीको पछिल्लो मापदण्ड अनुशार भ्याक्सिन लगाएकाहरु डेल्टा भेरियन्टबाट संक्रमित भएको खण्डमा उनीहरुले पनि उल्लेख्य रुपमा अरुलाई कोरोना सार्ने गरेको पाइएको बताइएको छ ।

भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भएमा सिकिस्त हुन्छ?
आष्ट्राजेनेका, फाइजर, जोन्सन एण्ड जोन्सन, मोडेर्ना लगायतका कैयन स्वीकृत भ्याक्सिनहरुले कोरोनाबिरुद्ध बलियो संरक्षण प्रदान गर्नुका साथै यी भ्याक्सिन लगाएकाहरु अस्पतालमा भर्ना हुने अवस्था तुलनात्मक रुपमा कम रहेको छ । अमेरिका, अष्ट्रेलिया लगायतमा मुलुकमा पछिल्लो समयमा अस्पतालमा भर्ना हुनेहरुमध्ये प्राय सबै भ्याक्सिन नलगाएकाहरु वा पूर्णरुपमा भ्याक्सिन नलगाएकाहरु रहेका छन् ।

भ्याक्सिन लगाएपछि कोरोनाबाट मृत्यु पनि हुनसक्छ ?
भ्याक्सिनले कैयनको मृत्युहुनबाट जोगाएको छ । तर भ्याक्सिन मृत्यु रोक्न शतप्रतिशत प्रभावकारी भने छैन । भ्याक्सिन लगाएपनि दुर्लभ रुपमा केहीको मृत्यु हुनसक्छ । तर अहिलेका लागि ज्यान जानबाट जोगाउने उपयुक्त हतियार भ्याक्सिन नै हो ।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै

बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप १ हजार ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आईतवार काठमाडौं उपत्यकामा थपिएका १ हजार ५९९ जना कोरोना संक्रमित मध्ये १ हजार ३७३ जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा धेरै हो। नेपालमा संक्रमितको संख्या बढ्दै जाँदा जोखिम पनि उत्तिकै बढीरहेको छ । चीनमा अहिलेसम्म ८५ हजार ४५० रहेको छ भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ८९३ जना र संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना छन् । तिमध्ये २२६ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २०३ जना रहेका छन् ।यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । हिजो (शनिवार) नेपालमा २ हजार १२० जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ४४ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो।
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

अन्य समाचार, काठमाडौं। ४ वर्षअघि २०१६ मा अफगानिस्तानको काबुलमा भएको विष्फोटमा मारिने नेपालीका आश्रित विधवा र विष्फोटमा बाँच्न सफल नेपाली गरी कूल २० नेपालीले क्यानडा सरकारविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गरेका छन् । २०१६ को जून २० मा भएको यो आक्रमणमा त्यहाँ कार्यरत १३ नेपालीले ज्यान गुमाएका थिए । काबुलमा क्यानडाको दूतावासका लागि सुरक्षाको काम गर्ने यी नेपाली सवार बसमा इस्लामिक स्टेटका एक आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेका थिए ।

क्यानडाको सरकारी मिडिया क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी)का अनुसार यो आक्रमणमा बाँच्न सफल नेपाली र मारिएका नेपालीका विधवाहरुले मंगलबार क्यानडा सरकारविरुद्ध टोरन्टोमा आन्टारियो सुपेरियर कोर्ट अफ जस्टिसमा मुद्दा दर्ता गराएका हुन् । यी नेपालीहरुले क्यानडा सरकारमाथि लापरवाहीको आरोप लगाएका छन् । उनीहरुले ती नेपालीलाई काममा लगाउने सब्रे इन्टरनेशनल सेक्युरिटी कम्पनीमाथि निगरानी गर्न क्यानडा सरकार असफल भएको आरोप लगाएका छन् ।

‘यो आक्रमण क्यानडा सरकार र सब्रे इन्टरनेशनल सेक्युरिटीको लापरवाही र नेपाली तथा भारतीय सुरक्षाकर्मीप्रति विभेदपूर्ण व्यवहारको परिणाम थियो’ नेपालीहरुले दायर गरेको अभियोग पत्रमा भनिएको छ ‘ती नेपाली र भारतीय सुरक्षाकर्मीलाई कैयौं किलोमिटर टाढा बस्ने व्यवस्था गरिएको थियो र उनीहरुलाई दैनिक आवतजावतका क्रममा पर्याप्त सुरक्षा उपलब्ध गराइएको थिएन ।’ मुद्दा दर्ता गरिसकेपछि कुनै पनि बाँच्न सफल नेपाली वा मारिनेका परिवारले सार्वजनिक रुपमा केही भनेका छैनन् । बाँच्न सफल २ जना र ४ जना विधवाहरु अनुवादकको सहयोगमा सीबीसीसँग कुरा गर्न राजी भएका छन् ।

ती नेपालीहरुलाई त्यहाँ काममा लगाउने ठेकेदार कम्पनीलाई पनि यही अभियोग लगाइएको छ । मारिने नेपालीका विधवाहरुलाई ३ लाख डलर दिने भनिएकोमा त्यसको केही अंश मात्र दिइएको र बाँच्न सफल नेपालीहरुलाई पनि उपचारको लागि ३ लाख डलर दिने भनिएकोमा ३० हजार डलर मात्र दिइएको उनीहरुले अभियोग पत्रमा उल्लेख गरेका छन् । नेपालीहरुले ती नेपालीलाई दिने भनिएको रकम र दिइएको रकमबीचको फरक क्यानडा सरकारले पूर्ति गर्नुपर्ने र सबै २० जना लाभग्राहीलाई भएको क्षतिको पूर्ति गरिनुपर्ने माग गरेका छन् । उनीहरुले सबैका लागि क्षतिपूर्तिस्वरुप २०.४ मिलियन डलर (करिब २ अर्ब ३९ करोड नेपाली रुपैयाँ) एकमुष्ट रुपमा माग गरेका छन् ।

प्रेम क्षेत्री यो आक्रमणमा बाँच्न सफल एक नेपाली प्रेम क्षेत्री भन्छन् ‘मेरो भाग्यमै यस्तै लेखिएको थियो होला र म बाँचें तर मलाई थाहा छैन यो कसरी सम्भव भयो । मलाई अहिले पनि भित्रबाट म जीवित छैन जस्तो अनुभूति हुन्छ । मैले मेरा साथीहरुलाई मेरो आँखै अगाडि मरेको प्रत्यक्ष देखेको छु । केहीले आफ्नो टाउको त केहीले खुट्टा गुमाएका थिए ।’ पूर्व गोर्खा सैनिक क्षेत्रीले हातमा लञ्चबक्स बोकेर बसतर्फ जाने क्रममा उनको हातबाट लञ्चबक्स खसेपछि उनी बाँचेका थिए । उनी लञ्च बक्स उठाउन केही बेर रोकिनुपरेको थियो । उनले झुकेर लञ्च बक्स उठाउँदै गर्दा विष्फोट भएको थियो ।

काबुलमा क्यानडाको दूतावासका लागि काम गर्ने नेपालीहरुले ८ सय डलरदेखि ११ सय डलरसम्म पारिश्रमिक पाउँथे । ‘उनीहरु हाम्रो देशको सेवा गर्ने क्रममा मारिएका हुन् र उनहिरुलाई पन्छाइएको छ’ उजुरीकर्ता नेपालीको तर्फबाट मुद्दा लड्ने वकिल जो फियोरेन्टेले भने । फियोरेन्टेले यस प्रकारका अन्तर्राष्ट्रिय उत्तरदायित्व सम्बन्धी धेरै केस लडिसकेका छन् । फियोरेन्टेले अगाडि भने ‘हाम्रो सरकारले उनीहरुलाई परित्याग गरेको छ र हामीलाई लाग्छ त्यो अपमानजनक र स्पष्ट भन्दा अस्वीकार्य कुरा हो ।’

सब्रे इन्टरनेशनल सेक्युरिटीका प्रतिनिधिसँग सीबीसीले प्रतिक्रिया लिन खोजेको भए पनि प्रतिनिधि उपलब्ध हुन सकेनन् । कम्पनीको वेबसाइट बन्द गरिएको छ र यसका नेपालसहित विभिन्न देशमा भर्तीको लागि संचालन हुने इमेलहरुमा पठाइएका सन्देशमध्ये केहीको जवाफ आएन र केही फिर्ता आएका छन् । सामान्य रुपमा बुझ्दा सब्रे इन्टरनेशनलले विष्फोटपछि क्यानडा सरकारसँग आफ्नो सम्झौता खारेज गर्यो र क्यानडा सरकारलाई अर्को विकल्प खोज्नुपर्ने स्थितिमा छाडेर भाग्यो । यो कम्पनीले अहिले इराक र अफगानिस्तानमा कानुनी रुपले काम पनि गरिरहेको छैन ।

अदालतको नोटिस दिन सब्रेको ठेगाना खोज्न पनि निकै कठिनाइ भएको वकिल फियोरेन्टेले बताएका छन् । ‘तिनीहरु लुकेको जस्तो देखिएको छ’ फियोरेन्टेले भने ‘यसले यो कम्पनीसँग क्यानडा सरकारले कसरी सम्झौता गर्यो भन्ने विषयमा पनि गम्भीर प्रश्न उठाएको छ ।’ सम्झौता गर्ने क्यानडा सरकारको ग्लोबल अफेयर्स विभागलाई गत हप्ता यसबारे सोधिएको थियो । मंगलबार समेत पटक पटक आग्रह गर्दा समेत अधिकारीहरुले कम्पनीको छनोटबारे कुनै प्रश्नको जवाफ दिएनन् ।

मान बहादुर थापा गोर्खाली सैनिकको रुपमा १५ वर्ष बिताएका मान बहादुर थापा पनि यो विष्फोटमा बााच्न सफल भएका थिए । उनको काँधमा अझै पनि बमका छर्रा छन् र यो आक्रमणबारे निकै कम सम्झिन्छन् । थापाका अनुसार उनी घटनाको करिब २ हप्तापछि दिल्लीको एक अस्पतालमा होसमा आएका थिए जहाँ उनले आफूलाई शोकाकूल आफन्तका अनुहारले घेरिएको अवस्थामा पाएका थिए । ‘म रुन्थें’ थापाले सीबीसी न्यूजसँग भने ‘डेढ महिनाको अवधि निकै कठिन थियो । मलाई लाग्थ्यो त्यो कष्टकर अवस्थामा बाँच्नुभन्दा शायद मृत्यु सजिलो हुनथ्यो ।’

थापाका अनुसार दिल्लीमा भारतको लागि क्यानडाको दूतावासका कर्मचारी र स्वयं राजदूतले नियमित रुपमा घाइते सुरक्षाकर्मीहरुसँग काबुलमा रहँदा उनीहरुको खाना, आवास र काम गर्ने स्थितिको बारेमा सोधिरहन्थे तर ती गोर्खालहिरु कम्पनीको नीतिका कारण आफ्नो समस्याबारे बोल्न प्रतिबन्धित थिए । ‘गोर्खालीहरुको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको काममा जाँदा र फर्किंदा सुरक्षाको थियो । पश्चिमाहरु त काबुलमा हतियारबन्द एसयुभी र सैनिकका गाडीका हिँड्ने’ थापाले भने । थापाका अनुसार उनीहरुले १ वर्षदेखि कम्पनीसँग सुरक्षाको कुरा उठाइरहेका थिए तर कम्पनीले वास्ता गरेन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *