ताजा खबर

फेरि टिप्परको ठक्करबाट एक जनाको मृ*त्यु ! मनमा अलिकति दया भए ((R.I.P)) लेख्नुहोस

काठमाडौ । गजुरी गाउँपालिका–६, जहरेखेतमा आज सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरेखेतमा टिप्पर र कार एक आपसमा ठो क्कि दा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका–१० का प्रकाश अधिकारी छन् भने घाइते हुनेमा कारमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

यो पनि , दार्चुला -तिंकर सडक सर्वेक्षण सम्पन्न दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ । व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो ।

नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी नामक परामर्शदातामार्फत डिपिआर निर्माण गर्न लागेको हो । परामर्शदाता कम्पनीले ३५ दिन लगाएर कोठेधारबाट तिंकर भञ्ज्याङसम्मको स्थलगत सर्भेक्षण, अवलोकनको तथा सर्भेक्षणको काम सकिएको परामर्शदाता कम्पनीका इञ्जीनियर सुशील देवकोटाले जानकारी दिनुभयो ।

“व्याँसको कोठेधारबाट छाङ्गरुसम्म भारतको जस्तै महाकाली नदी किनारैकिनार भएर सर्भेक्षण गरिएको छ”, देवकोटाले भन्नुभयो, “कहीँ भारतको भन्दा थोरै माथि होला । सर्भेक्षणका क्रममा सडकलाई महाकाली नदी किनारैकिनार भएर तिंकरसम्म पु¥याउने प्रयास गरिएको छ ।” सर्भेक्षणको क्रममा १८ जनाको टोली सहभागी थियो ।

भौगोलिकरूपमा विकट र पहाड तथा जङ्गलको बाटोमा सामग्री ढुवानीमा समस्या हुँदा सर्भेक्षणको काममा बढी समय लागेको इञ्जीनियर देवकोटाको भनाइ छ । “चालु आर्थिक वर्षमा डिपिआर निर्माण गरेर नेपाली सेनालाई बुझाउँछौँ”, उहाँले भन्नुभयो, “फिल्ड प्रतिवेदन सकिएकाले अबको दुई महिनाभित्र डिपिआर निर्माण सकिन्छ ।”

सरकारले दु्रतगतिमा रणनीतिक महत्व बोकेको दार्चुला–तिंकर सडकलाई सेनामार्फत काम गराउने निर्णयपछि सेनाले अहिले व्याँस गाउँपालिकाको सुनसेरा र दुम्लिङमा निर्माण कार्यदलको क्याम्प राखेको छ । “सुनसेरामा क्याम्प निर्माण सकिएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले भन्नुभयो, “दुम्लिङमा क्याम्प निर्माणको काम अन्तिम चरण पुगेको छ ।

” डिपिआर प्राप्त भएपछि आगामी आवबाट यो सडकको निर्माण शुरु हुने पौडेलले बताउनुभयो । “हामीले जिम्मेवारी लिइसकेपछि समयमै निर्माण सक्ने गरी काम गर्छौँ । सोहीअनुसार अहिले क्याम्प राख्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो आगामी आवबाट निर्माणको काम शुरु गर्ने गरी सेनाले आवश्यक जनशक्ति फिल्डमा खटाएको छ ।

आव २०६४÷६५ बाट निर्माण शुरु भएको दार्चुला–तिंकर सडकखण्डको ४३ किलोमिटर सडकखण्डमात्रै अहिलेसम्म ट्र्याक खुलाइएको छ । अहिले सदरमुकाम खलङ्गाबाट व्यास गाउँपालिका–३ सम्म सडकको ट्र्याक खुलाउने काम भएको छ । महाकाली लोकमार्गअन्तर्गत साविकको दार्चुला–तिंकर सडकखण्डअन्तर्गत चार किलोमिटर सडक लोकमार्गअन्तर्गत निर्माण हुनेछ ।

सरकारले महाकाली लोकमार्गका लागि आगामी आवका लागि रु एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये महाकाली लोकमार्ग, दार्चुला–तिंकर सडक योजनाले चलाउने बजेट र सेनामार्फत सञ्चालन गरिने सडक योजनाको बजेट के–कति हो भन्ने छुट्याइएको छैन ।

“अहिलेसम्म हामीलाई बजेट कति आउने हो भन्ने यकिन भएको छैन”, नेपाली सेनाका प्रवक्ता पौडेलले भन्नुभयो, “बजेट सिलिङ प्राप्त भएको छैन । यस आर्थिक वर्षभित्र हामीले डिपिआर निर्माण गर्ने लक्ष्य हो ।महाकाली लोकमार्ग महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्म निर्माण भइरहेको छ ।

यस सडकखण्डको कुल लम्बाइ ४२५ किलोमिटर छ । जसअनुसार महाकाली करिडोर खण्ड २९१ किलोमिटरअन्तर्गत पर्दछ भने दार्चुला–तिंकर सडकखण्डअन्तर्गत १३४ किलोमिटर दूरी पर्दछ । दार्चुला–तिंकर सडकखण्डमध्ये ४७ किलोमिटर सडकखण्ड महाकाली लोकमार्गले निर्माण गर्नेछ ।

अहिले लोकमार्गअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न सडक खण्डमा काम भइरहेको छ । महाकाली लोकमार्ग दार्चुला–तिंकर सडक योजना प्रमुख अच्युतविलास पन्तले बताउनुभयो । कोभिडका कारण चालु आवमा निर्माणकार्यले गति लिनसकेको छैन । व्याँसको तिंकरसम्म सडक पु¥याउन सक्यो भने यस सडकले रणनीतिक महत्व राख्दछ ।

सडक निर्माण गर्न सक्यौँ भने चीनसँगको सीधा व्यापार, भारतसँग व्यापार गर्न सहज हुने उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक सडक मात्रै हुने छैन, सुदूरपश्चिमकै व्यापारिक नाका हुनेछ । धार्मिक दृष्टिकोणले पनि यस सडकको महत्व छ ।

यो सडक भएर भारतले अतिक्रमण गरेको नेपालको ओमपर्वत, कैलाश मानसरोवर दर्शन गर्न सहज हुनेछ । भारतले महाकाली नदी किनारैकिनार भएर लिपलुेक हुँदै मानसरोवर सडकखण्ड बनाएको छ । अहिले भारतले सडकमा कालोपत्रदेखि दुई लेन सडक निर्माणको काम अघि बढाएको छ ।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ।

हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो

गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”।

गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय।

छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन। ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप १ हजार ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आईतवार काठमाडौं उपत्यकामा थपिएका १ हजार ५९९ जना कोरोना संक्रमित मध्ये १ हजार ३७३ जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । यो संख्या कोरोनाको उद्गम मुलुक चीनको भन्दा धेरै हो। नेपालमा संक्रमितको संख्या बढ्दै जाँदा जोखिम पनि उत्तिकै बढीरहेको छ । चीनमा अहिलेसम्म ८५ हजार ४५० रहेको छ भने ४ हजार ६३४ जनाले ज्यान गुमाएका छन् ।
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

नेपालमा बितेको २४ घण्टामा थप १ हजार ३२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २२ हजार २१९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ८९३ जना र संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना छन् । तिमध्ये २२६ जना संक्रमितको आईसियु र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार २०३ जना रहेका छन् ।यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिराहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, डोल्पा जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । हिजो (शनिवार) नेपालमा २ हजार १२० जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ४४ जना संक्रमणमुक्त भएका थिए भने ८ जनाको मृत्यु भएको थियो।
******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********

अन्य समाचार, काठमाडौं। ४ वर्षअघि २०१६ मा अफगानिस्तानको काबुलमा भएको विष्फोटमा मारिने नेपालीका आश्रित विधवा र विष्फोटमा बाँच्न सफल नेपाली गरी कूल २० नेपालीले क्यानडा सरकारविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गरेका छन् । २०१६ को जून २० मा भएको यो आक्रमणमा त्यहाँ कार्यरत १३ नेपालीले ज्यान गुमाएका थिए । काबुलमा क्यानडाको दूतावासका लागि सुरक्षाको काम गर्ने यी नेपाली सवार बसमा इस्लामिक स्टेटका एक आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेका थिए ।

क्यानडाको सरकारी मिडिया क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी)का अनुसार यो आक्रमणमा बाँच्न सफल नेपाली र मारिएका नेपालीका विधवाहरुले मंगलबार क्यानडा सरकारविरुद्ध टोरन्टोमा आन्टारियो सुपेरियर कोर्ट अफ जस्टिसमा मुद्दा दर्ता गराएका हुन् । यी नेपालीहरुले क्यानडा सरकारमाथि लापरवाहीको आरोप लगाएका छन् । उनीहरुले ती नेपालीलाई काममा लगाउने सब्रे इन्टरनेशनल सेक्युरिटी कम्पनीमाथि निगरानी गर्न क्यानडा सरकार असफल भएको आरोप लगाएका छन् ।

‘यो आक्रमण क्यानडा सरकार र सब्रे इन्टरनेशनल सेक्युरिटीको लापरवाही र नेपाली तथा भारतीय सुरक्षाकर्मीप्रति विभेदपूर्ण व्यवहारको परिणाम थियो’ नेपालीहरुले दायर गरेको अभियोग पत्रमा भनिएको छ ‘ती नेपाली र भारतीय सुरक्षाकर्मीलाई कैयौं किलोमिटर टाढा बस्ने व्यवस्था गरिएको थियो र उनीहरुलाई दैनिक आवतजावतका क्रममा पर्याप्त सुरक्षा उपलब्ध गराइएको थिएन ।’ मुद्दा दर्ता गरिसकेपछि कुनै पनि बाँच्न सफल नेपाली वा मारिनेका परिवारले सार्वजनिक रुपमा केही भनेका छैनन् । बाँच्न सफल २ जना र ४ जना विधवाहरु अनुवादकको सहयोगमा सीबीसीसँग कुरा गर्न राजी भएका छन् ।

ती नेपालीहरुलाई त्यहाँ काममा लगाउने ठेकेदार कम्पनीलाई पनि यही अभियोग लगाइएको छ । मारिने नेपालीका विधवाहरुलाई ३ लाख डलर दिने भनिएकोमा त्यसको केही अंश मात्र दिइएको र बाँच्न सफल नेपालीहरुलाई पनि उपचारको लागि ३ लाख डलर दिने भनिएकोमा ३० हजार डलर मात्र दिइएको उनीहरुले अभियोग पत्रमा उल्लेख गरेका छन् । नेपालीहरुले ती नेपालीलाई दिने भनिएको रकम र दिइएको रकमबीचको फरक क्यानडा सरकारले पूर्ति गर्नुपर्ने र सबै २० जना लाभग्राहीलाई भएको क्षतिको पूर्ति गरिनुपर्ने माग गरेका छन् । उनीहरुले सबैका लागि क्षतिपूर्तिस्वरुप २०.४ मिलियन डलर (करिब २ अर्ब ३९ करोड नेपाली रुपैयाँ) एकमुष्ट रुपमा माग गरेका छन् ।

प्रेम क्षेत्री यो आक्रमणमा बाँच्न सफल एक नेपाली प्रेम क्षेत्री भन्छन् ‘मेरो भाग्यमै यस्तै लेखिएको थियो होला र म बाँचें तर मलाई थाहा छैन यो कसरी सम्भव भयो । मलाई अहिले पनि भित्रबाट म जीवित छैन जस्तो अनुभूति हुन्छ । मैले मेरा साथीहरुलाई मेरो आँखै अगाडि मरेको प्रत्यक्ष देखेको छु । केहीले आफ्नो टाउको त केहीले खुट्टा गुमाएका थिए ।’ पूर्व गोर्खा सैनिक क्षेत्रीले हातमा लञ्चबक्स बोकेर बसतर्फ जाने क्रममा उनको हातबाट लञ्चबक्स खसेपछि उनी बाँचेका थिए । उनी लञ्च बक्स उठाउन केही बेर रोकिनुपरेको थियो । उनले झुकेर लञ्च बक्स उठाउँदै गर्दा विष्फोट भएको थियो ।

काबुलमा क्यानडाको दूतावासका लागि काम गर्ने नेपालीहरुले ८ सय डलरदेखि ११ सय डलरसम्म पारिश्रमिक पाउँथे । ‘उनीहरु हाम्रो देशको सेवा गर्ने क्रममा मारिएका हुन् र उनहिरुलाई पन्छाइएको छ’ उजुरीकर्ता नेपालीको तर्फबाट मुद्दा लड्ने वकिल जो फियोरेन्टेले भने । फियोरेन्टेले यस प्रकारका अन्तर्राष्ट्रिय उत्तरदायित्व सम्बन्धी धेरै केस लडिसकेका छन् । फियोरेन्टेले अगाडि भने ‘हाम्रो सरकारले उनीहरुलाई परित्याग गरेको छ र हामीलाई लाग्छ त्यो अपमानजनक र स्पष्ट भन्दा अस्वीकार्य कुरा हो ।’

सब्रे इन्टरनेशनल सेक्युरिटीका प्रतिनिधिसँग सीबीसीले प्रतिक्रिया लिन खोजेको भए पनि प्रतिनिधि उपलब्ध हुन सकेनन् । कम्पनीको वेबसाइट बन्द गरिएको छ र यसका नेपालसहित विभिन्न देशमा भर्तीको लागि संचालन हुने इमेलहरुमा पठाइएका सन्देशमध्ये केहीको जवाफ आएन र केही फिर्ता आएका छन् । सामान्य रुपमा बुझ्दा सब्रे इन्टरनेशनलले विष्फोटपछि क्यानडा सरकारसँग आफ्नो सम्झौता खारेज गर्यो र क्यानडा सरकारलाई अर्को विकल्प खोज्नुपर्ने स्थितिमा छाडेर भाग्यो । यो कम्पनीले अहिले इराक र अफगानिस्तानमा कानुनी रुपले काम पनि गरिरहेको छैन ।

अदालतको नोटिस दिन सब्रेको ठेगाना खोज्न पनि निकै कठिनाइ भएको वकिल फियोरेन्टेले बताएका छन् । ‘तिनीहरु लुकेको जस्तो देखिएको छ’ फियोरेन्टेले भने ‘यसले यो कम्पनीसँग क्यानडा सरकारले कसरी सम्झौता गर्यो भन्ने विषयमा पनि गम्भीर प्रश्न उठाएको छ ।’ सम्झौता गर्ने क्यानडा सरकारको ग्लोबल अफेयर्स विभागलाई गत हप्ता यसबारे सोधिएको थियो । मंगलबार समेत पटक पटक आग्रह गर्दा समेत अधिकारीहरुले कम्पनीको छनोटबारे कुनै प्रश्नको जवाफ दिएनन् ।

मान बहादुर थापा गोर्खाली सैनिकको रुपमा १५ वर्ष बिताएका मान बहादुर थापा पनि यो विष्फोटमा बााच्न सफल भएका थिए । उनको काँधमा अझै पनि बमका छर्रा छन् र यो आक्रमणबारे निकै कम सम्झिन्छन् । थापाका अनुसार उनी घटनाको करिब २ हप्तापछि दिल्लीको एक अस्पतालमा होसमा आएका थिए जहाँ उनले आफूलाई शोकाकूल आफन्तका अनुहारले घेरिएको अवस्थामा पाएका थिए । ‘म रुन्थें’ थापाले सीबीसी न्यूजसँग भने ‘डेढ महिनाको अवधि निकै कठिन थियो । मलाई लाग्थ्यो त्यो कष्टकर अवस्थामा बाँच्नुभन्दा शायद मृत्यु सजिलो हुनथ्यो ।’

थापाका अनुसार दिल्लीमा भारतको लागि क्यानडाको दूतावासका कर्मचारी र स्वयं राजदूतले नियमित रुपमा घाइते सुरक्षाकर्मीहरुसँग काबुलमा रहँदा उनीहरुको खाना, आवास र काम गर्ने स्थितिको बारेमा सोधिरहन्थे तर ती गोर्खालहिरु कम्पनीको नीतिका कारण आफ्नो समस्याबारे बोल्न प्रतिबन्धित थिए । ‘गोर्खालीहरुको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको काममा जाँदा र फर्किंदा सुरक्षाको थियो । पश्चिमाहरु त काबुलमा हतियारबन्द एसयुभी र सैनिकका गाडीका हिँड्ने’ थापाले भने । थापाका अनुसार उनीहरुले १ वर्षदेखि कम्पनीसँग सुरक्षाको कुरा उठाइरहेका थिए तर कम्पनीले वास्ता गरेन ।

नेपाल सरकारले २ वर्षदेखि क्यानडा सरकारसँग ती बाँच्न सफल गोर्खाली र मारिने गोर्खालीका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास गरिरहेको छ । नेपाल सरकारले उक पटक औपचारिक कूटनैतिक नोट समेत पठायो तर पीडितले कुनै क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाली राजनीतिज्ञले सार्वजनिक रुपमै क्यानडामाथि बेवास्ता र गोर्खालकिो सुरक्षामा असफल भएको आरोप लगाएका छन् । तर, क्यानडा सरकारले यस विषयमा केही गरेको छैन । ‘ती सुरक्षाकर्मी र क्यानडा सरकारबीच कुनै रोजगारी सम्झौता छैन । ती गार्डहरुलाई सब्रेले काममा राखेको हो’ तत्कालीन क्यानडाली विदेशमन्त्री स्टेफेन डायोनले विष्फोटको उक महिनापछि एक प्रेस नोटमा भनेका थिए ।

चित्र कुमारी कोइराला चित्र कुमारी कोइराला काबुलमा मारिले गोर्खालीमध्ये एक मधुसुदन कोइरालाकी विधवा हुन् । १७ वर्ष नेपाली सेनामा काम गरेर अवकाश पाएका कोइरालाकी पत्नी चित्रकुमारीले क्यानडा सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएकोप्रति आक्रोशित छिन् । ‘हाम्रो परिवारले उनीहरुको सुरक्षामा काम गरिरहेको थियो’ कोइरालाले भनिन् ‘जब मारिसहरु ड्युटीमा मारिन्छन्, उनीहरुको (क्यानडालीको) कुनै जिम्मेवारी हुँदैन ? उनीहरुले स्वीकार गर्नुपर्छ कि हाम्रा नेपालीहरु उनहिरुको गैरजिम्मेवार व्यवहार र बेवास्ताका कारण मारिएका हुन् । उनहिरुले हाम्रो कुरा सुन्नुपर्छ ।’

नेपाली गोर्खालीहरु विश्वभर आफ्नो बहादुरीका लागि परिचित छन् । उनीहरुले १९ औं शताब्दीदेखि बेलायती सेनामा सेवा गरिरहेका छन् र अहिलेका ‘वार जोन’मा उनीहरु लामो समयसम्म कठिन परिस्थितिका काम गर्नका लागि पहिरो रोजाइमा छन् । कोइरालाले आफ्ना श्रीमानलाई सब्रेको लागि काम नगर्न बिन्ती गरेको बताइन् । यो दम्पतीले यसअघि नै एक छोरा र एक छोरी गुमाएको पीडा झेलिसकेका थिए । २०१५ को भूकम्पमा उनीहरुका दुई सन्तान मारिएका थिए ।

‘उहाँले मलाई छ महिनामा फर्किन्छु भनेर सान्त्वना दिनुभयो’ कोइरालाले भनिन् ‘उहाँले हाम्रो छोरा मारिएको पीर नगर्न सम्झाउनुभयो र जीवनभर मेरो ख्याल राख्ने बाचा गर्नुभयो ।’ अफगानिस्तानमा रहँदा पनि उनका श्रीमानले उनलाई आफू सुरक्षित रहेको र खतरा भनेको १० मिनेटको बाटोको यात्रामा मात्र भएको बताउने गर्थे । उनीहरुको अन्तिम कुराकानीले उनको घाउ बल्झाइरहन्छ । ‘उहाँले भन्नुभएको थियो – सबै भाग्यको खेल हो त्यसैले राम्रो सोच ।’

थप समाचार, यो कथा पुरा पढ्नुहोस्! छुट्टिएँ । मैले सत्र बर्ष, एघार महिना र पच्चिस दिन लामो मेरो वैवाहिक सम्बन्धको कानुनीरुपले अन्त्य गरेँ । आत्मिक, शारीरिक, सामाजिक, व्यवहारिक, आर्थिक सबै हिसाबले म ऊबाट अलग भएँ । हाम्रो सम्बन्धबिच्छेद भयो ।

सम्बन्धबिच्छेदसँगसँगै अब म ‘हामी’ बाट ‘म’ अर्थात अनामिका भएँ ।

अनामिका भएको महिनादिनसम्म मेरो हरेक समय संक्रमणकालीन रह्यो । कयौंदिनसम्म त म आधा गारो भत्किएर ढल्न लागेको घरजस्तै कमजोर भएँ । थुपै्र दिनहरु एक्लोपनको भयले असुरक्षित महसुस गर्दै बिते । तिरस्कृत हुनुको पीडाले कयौं रात सुत्न सकिनँ । आफ्नैहरुले काटेका अनेकौं कुरा सुन्दा-सुन्दा टाउको एक मनको ढुंगोले थिचेझैं भयो । आफन्तहरुका त्यस्ता मनगढन्ते कुराहरुबाट आउँने दिनहरुमा छोराछारीलाई कसरी सम्हालौंला भनेर अत्यास लाग्यो । त्योभन्दा बढी त यक्तिका बर्षसम्म ओझेल परेको आफ्नै परिचय अब एकाएक कसरी स्थापित गरुँला भनेर अत्यन्तै पीर लाग्यो ।

यसरी पीरमाथि पीर बोकेर कैयौं दिन आफ्नो नयाँ परिचयका लागि म निकै घोत्लिएँ, हड्बडाएँ अनि डराएँ पनि । तैपनि मसँग समयको गतिसँगै आफुभित्रको डरलाई किनारा लगाउँदै जानुको अर्को विकल्प थिएन । किनकि मैले जीवनको एउटा लामो अध्यायमा पूर्णबिराम लगाइसकेकी थिएँ ।

दोस्रो विकल्प नभेटेपछि मैले बिस्तारै हिजोको लेखाजोखा गर्न छोडेँ र ‘हामी’ बाट ‘म’ मा फर्किनुलाई नै आजसम्मको समग्र उपलब्धी मानेँ । अब मैले त्यही मानार्थ उपलब्धीलाई आधार बनाएर मेरो जीवनको एक नयाँ अध्याय शुरुवात गर्नु थियो । त्यसैले एकमहिना एघार दिन बिरामी बिदा लिएर बसेको जागिरमा ढिलो नगरी फर्किने योजना मनमा बनाएँ ।म अफिस जाने भएँ ।

मनकै मर्जी ! हो, म आज मनकै मर्जीको दह्रो ढलानमाथि उभिएकी थिएँ । त्यही ढलानबाट मैले आफ्नै मनलाई सुनेँ र भर्खरै सरेको घरको सानो कोठाको ठूलो ऐनालाई साक्षी राखेर अफिस जानका लागि तैयार हुन थालेँ । सधैँ ऐना अगाडि उभिँदा आफ्नै बिम्बमा पनि अरु देख्ने मान्छे म, आज केवल आफूलाई मात्र देखिरहेकी थिएँ ।

आज मेरो अनुहारमा कसैलाई खुशी पार्नुपर्ने नियमहरुको जालो लागेको थिएन । अरुको चित्त बुझउँनु पर्ने सिद्धान्तले मेरो श्रृगारलाई निर्देशित गरिरहेको थिएन । आफ्नो सुन्दरताको अनुमोदन कसैबाट गराउँनु पर्ने पनि थिएन । न प्रशंसाको मृगतृष्णामा दगुर्नु थियो न त आलोचनामा दुःखी हुनु थियो । कसैका लागि हार्नु पनि थिएन । जित्नु त झनै थिएन । यस्तो सबैथोकको तटस्थताबिच म केवल अनामिका भएकी थिएँ ।

यस्तै कुराहरु मनमा खेलाउँदै गर्दा मेरो छिट्टो छरितो तैयारी मिलिक्कै सकियो । म घरबाट निस्किएँ ।

जीवनको अत्यन्तै असजिलो समयको खोलभित्र महिनादिनभन्दा बढी एक लार्भाझैं खुम्चिएर बसेकी मान्छे म ! यतिबेला आफ्नै निर्देशनमा आफू हिड्ने बाटो तयार गरेर अफिस जाने बाटोमा हिँडिरहँदा कसोकसो मलाई आफु एक पुतलीमा परिणत भएको अनुभुत भैरहेको थियो ।

“अहो, त्यो फुर्र-फुर्र उड्ने रङ्गीन पुलती ! त्यसका सुन्दर पखेटा र माथिको खुला आकाश !!”

बाटो हिँड्दै गर्दा मेरो मानसपटलमा पुतलीको सुन्दरता, सामथ्र्य र स्वतन्त्रता खेल्न थाले । केटाकेटीमा आमाले पुतली समाएर ल्याउँन अह्राएको पनि संझिएँ । आमालाई बगैँचामा उडिरहने ठुल्ठुला छिर्केमिर्के पुतलीहरुलाई समातेर ल्याई फ्रेमभित्र हालेर घर सजाउँने मन थियो । उनको यस्तो रहर पछाडिको कारण मलाई थाहा थिएन र मैले कहिल्यै त्यो कारण जान्ने प्रयास पनि गरिन । बरु म आमाको त्यो ईच्छा पूरा गर्न हरेक शनिबार दिउँसो पुतली समात्न घरको बगैँचा र स्कूलको चौरतिर साथीहरु जम्मा पारेर निस्कन्थेँ । कयौं घण्टाको अनवरत प्रयासपछि मुश्किलले एउटा दुईटा पुतली समातिन्थे । म ती पुतली लगेर आमाका हातमा दिन्थें । आमा खुशी हुन्थिन् ।

केटाकेटी न परेँ ! त्यसबेला मेरो मस्तिष्कमा आमाको रहर, पुतलीको आकार र रङ्ग बाहेक अरु केही थिएन । एउटा सामान्य लार्भाबाट भएको पुतलीको कायापलटलाई फिटिक्कै बुझेकी थिइनँ मैले । तसर्थः आमालाई खुशी पार्नकै लागि पनि मेरो उद्देश्य सधैं ठुला र चहकिला छिर्केमिर्के रङ्ग भएका पुतलीहरुलाई लखेटी-लखेटी समात्नु हुन्थ्यो ।

परिस्थिति र समय दुवै अलग भएको छ अहिले । आमा बुढी भएकी छन् । उनको पुतली फ्रेममा हालेर घर सजाउँने रहर समाप्त भैसकेको छ । म, जीवनको दोस्रो चरण सकेर तेस्रो चरणतिर उन्मुख छु । भनौं, पुतलीको कायापलटको शिलसिलामा पुरानो शरीर त्यागेर नयाँ शरीरको निर्माण गर्ने सिद्धान्तलाई बुझ्ने भएकी छु । तिनलाई लखेटेर समात्न होइन, तिनको स्वतन्त्र उड्न पाउँने प्राकृतिक हकलाई स-सम्मान स्वीकार्ने पनि भएकी छु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *