ताजा खबर

भूवनको फेरिएको गेटअप

नायक भूवन केसी आगामी फिल्मको लागी नयाँ गेट अपमा देखिएका छन् l भुवनले सामाजिक सन्जालमा एक तस्विर सार्वजनिक गरेका छन् l जसमा उनी ज्याकेट ,कालो चस्मा , खहिरो कपालमा प्रस्तुत भएका छन् lभूवनको यो गेटअपलाई फिल्मकर्मी र उनका फ्यानले निकै रुचाएका छन् । उनको उक्त गेटअप हेर्ने हो भने आगामी फिल्ममा खलनायकको चरीत्र निभाउने अड्कल काट्न सकिन्छ l

बुझिए अनुसार केसीले ‘एन्टी हिरो’ को लागि सो गेटअप बनाएका हुन् l केही समय अघि भूवनले फिल्म ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए l भूवन केसीकै होम प्रोडक्शनको रुपमा बन्ने यो चलचित्रमा नायक अनमोल केसीको मुख्य भूमिका रहने बताइएको थियो । तर, नायक भूवन केसीले यसपछि २ वटा चलचित्र निर्माणको घोषणा गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *