मनोरञ्जन खबर

मदनकृष्णकाे स्वरमा ‘फुलबुट्टे सारी’ लिजेण्डरी भर्सन – (भिडियो)

काठमाडौं– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा ‘फुलबुट्टे सारी’ को लिजेण्डरी भर्सन सार्वजनिक गरिएको छ । मेल, फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको गीतको लिजेण्डरि भर्सनलाई काठमाडाैं मा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।मार्मिक लामाको आवाज र राजनराज शिवाकोटीको शब्द–संगीतमा १२ बर्ष अगाडि रेकर्ड गरिएको गीतको चर्चा यतिबेला निकै चुलिएको छ । मिलन नेवारको आवाजमा फिमेल भर्सनमा रिलिज भएको गीतले दर्शकको मन जितेको छट भने थुप्रै रेकर्डपनि बनाईसकेको छ ।

यस अघि संगीतकार राजनराजकी छोरी अरिश्मा शिवाकोटीको आवाजमा गीतको चाइल्ड भर्सन रिलिज भएको थियो । उक्त भर्सनलाई पनि दर्शकले निकै रुचाएका थिए । हाल सार्वजनिक गीतको लिजेण्डरि भर्सनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा मदनकृष्ण स्वयम् र मिथिला शर्मा फिचर रहेका छन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । यो समाचार तयार पार्दा यस भिडियोला ७ लाख २० हजार चोटी युटुबमा हेरिएको छ ।

७७ हजार लाइक कमाएको भिद्योले ४५ सय वटा प्रतिक्रिया पाएको छ ।भिडियो रिलिज कार्यक्रममा अर्का वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अथिति रहेका उपस्थित थिए । कालाकार हरिवंशले गीत र भिडियोको खुलेर प्रशंसा गरेका थिए । गीत सार्वजनिक कार्यक्रममा गीतसँग आवद्ध सर्जक, कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि हरिवंश आचार्यलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा संगीतकार शिवाकोटीले वरिष्ट कलाकार श्रेष्ठकै सक्रियतामा गीतको लिजेन्डरी भर्सन तयार भएको र यो नै अ’न्तिम भर्सन भएको जानकारी दिए ।

यता, वरिष्ठ कलाकार श्रेष्ठले केही वर्ष अघिनै गीत गाउन आ’त्मसमर्पण गरिसकेको भएपनि सिवाकोटीको आग्रहमा ‘फुलबुट्टे सारी’मा स्वर भरेको बताए । उनले अन्य भ’र्सन जस्तै गीत दर्शक स्रोताले मन पराई दिने र गायन क्षेत्रमा आफ्नो नयाँ फ’ड्को पनि भएको बताए । भिडियो

अन्य समाचार, काठमाडौं। ४ वर्षअघि २०१६ मा अफगानिस्तानको काबुलमा भएको विष्फोटमा मारिने नेपालीका आश्रित विधवा र विष्फोटमा बाँच्न सफल नेपाली गरी कूल २० नेपालीले क्यानडा सरकारविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गरेका छन् । २०१६ को जून २० मा भएको यो आक्रमणमा त्यहाँ कार्यरत १३ नेपालीले ज्यान गुमाएका थिए । काबुलमा क्यानडाको दूतावासका लागि सुरक्षाको काम गर्ने यी नेपाली सवार बसमा इस्लामिक स्टेटका एक आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेका थिए ।

क्यानडाको सरकारी मिडिया क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन (सीबीसी)का अनुसार यो आक्रमणमा बाँच्न सफल नेपाली र मारिएका नेपालीका विधवाहरुले मंगलबार क्यानडा सरकारविरुद्ध टोरन्टोमा आन्टारियो सुपेरियर कोर्ट अफ जस्टिसमा मुद्दा दर्ता गराएका हुन् । यी नेपालीहरुले क्यानडा सरकारमाथि लापरवाहीको आरोप लगाएका छन् । उनीहरुले ती नेपालीलाई काममा लगाउने सब्रे इन्टरनेशनल सेक्युरिटी कम्पनीमाथि निगरानी गर्न क्यानडा सरकार असफल भएको आरोप लगाएका छन् ।

‘यो आक्रमण क्यानडा सरकार र सब्रे इन्टरनेशनल सेक्युरिटीको लापरवाही र नेपाली तथा भारतीय सुरक्षाकर्मीप्रति विभेदपूर्ण व्यवहारको परिणाम थियो’ नेपालीहरुले दायर गरेको अभियोग पत्रमा भनिएको छ ‘ती नेपाली र भारतीय सुरक्षाकर्मीलाई कैयौं किलोमिटर टाढा बस्ने व्यवस्था गरिएको थियो र उनीहरुलाई दैनिक आवतजावतका क्रममा पर्याप्त सुरक्षा उपलब्ध गराइएको थिएन ।’ मुद्दा दर्ता गरिसकेपछि कुनै पनि बाँच्न सफल नेपाली वा मारिनेका परिवारले सार्वजनिक रुपमा केही भनेका छैनन् । बाँच्न सफल २ जना र ४ जना विधवाहरु अनुवादकको सहयोगमा सीबीसीसँग कुरा गर्न राजी भएका छन् ।

ती नेपालीहरुलाई त्यहाँ काममा लगाउने ठेकेदार कम्पनीलाई पनि यही अभियोग लगाइएको छ । मारिने नेपालीका विधवाहरुलाई ३ लाख डलर दिने भनिएकोमा त्यसको केही अंश मात्र दिइएको र बाँच्न सफल नेपालीहरुलाई पनि उपचारको लागि ३ लाख डलर दिने भनिएकोमा ३० हजार डलर मात्र दिइएको उनीहरुले अभियोग पत्रमा उल्लेख गरेका छन् । नेपालीहरुले ती नेपालीलाई दिने भनिएको रकम र दिइएको रकमबीचको फरक क्यानडा सरकारले पूर्ति गर्नुपर्ने र सबै २० जना लाभग्राहीलाई भएको क्षतिको पूर्ति गरिनुपर्ने माग गरेका छन् । उनीहरुले सबैका लागि क्षतिपूर्तिस्वरुप २०.४ मिलियन डलर (करिब २ अर्ब ३९ करोड नेपाली रुपैयाँ) एकमुष्ट रुपमा माग गरेका छन् ।

प्रेम क्षेत्री यो आक्रमणमा बाँच्न सफल एक नेपाली प्रेम क्षेत्री भन्छन् ‘मेरो भाग्यमै यस्तै लेखिएको थियो होला र म बाँचें तर मलाई थाहा छैन यो कसरी सम्भव भयो । मलाई अहिले पनि भित्रबाट म जीवित छैन जस्तो अनुभूति हुन्छ । मैले मेरा साथीहरुलाई मेरो आँखै अगाडि मरेको प्रत्यक्ष देखेको छु । केहीले आफ्नो टाउको त केहीले खुट्टा गुमाएका थिए ।’ पूर्व गोर्खा सैनिक क्षेत्रीले हातमा लञ्चबक्स बोकेर बसतर्फ जाने क्रममा उनको हातबाट लञ्चबक्स खसेपछि उनी बाँचेका थिए । उनी लञ्च बक्स उठाउन केही बेर रोकिनुपरेको थियो । उनले झुकेर लञ्च बक्स उठाउँदै गर्दा विष्फोट भएको थियो ।

काबुलमा क्यानडाको दूतावासका लागि काम गर्ने नेपालीहरुले ८ सय डलरदेखि ११ सय डलरसम्म पारिश्रमिक पाउँथे । ‘उनीहरु हाम्रो देशको सेवा गर्ने क्रममा मारिएका हुन् र उनहिरुलाई पन्छाइएको छ’ उजुरीकर्ता नेपालीको तर्फबाट मुद्दा लड्ने वकिल जो फियोरेन्टेले भने । फियोरेन्टेले यस प्रकारका अन्तर्राष्ट्रिय उत्तरदायित्व सम्बन्धी धेरै केस लडिसकेका छन् । फियोरेन्टेले अगाडि भने ‘हाम्रो सरकारले उनीहरुलाई परित्याग गरेको छ र हामीलाई लाग्छ त्यो अपमानजनक र स्पष्ट भन्दा अस्वीकार्य कुरा हो ।’

सब्रे इन्टरनेशनल सेक्युरिटीका प्रतिनिधिसँग सीबीसीले प्रतिक्रिया लिन खोजेको भए पनि प्रतिनिधि उपलब्ध हुन सकेनन् । कम्पनीको वेबसाइट बन्द गरिएको छ र यसका नेपालसहित विभिन्न देशमा भर्तीको लागि संचालन हुने इमेलहरुमा पठाइएका सन्देशमध्ये केहीको जवाफ आएन र केही फिर्ता आएका छन् । सामान्य रुपमा बुझ्दा सब्रे इन्टरनेशनलले विष्फोटपछि क्यानडा सरकारसँग आफ्नो सम्झौता खारेज गर्यो र क्यानडा सरकारलाई अर्को विकल्प खोज्नुपर्ने स्थितिमा छाडेर भाग्यो । यो कम्पनीले अहिले इराक र अफगानिस्तानमा कानुनी रुपले काम पनि गरिरहेको छैन ।

अदालतको नोटिस दिन सब्रेको ठेगाना खोज्न पनि निकै कठिनाइ भएको वकिल फियोरेन्टेले बताएका छन् । ‘तिनीहरु लुकेको जस्तो देखिएको छ’ फियोरेन्टेले भने ‘यसले यो कम्पनीसँग क्यानडा सरकारले कसरी सम्झौता गर्यो भन्ने विषयमा पनि गम्भीर प्रश्न उठाएको छ ।’ सम्झौता गर्ने क्यानडा सरकारको ग्लोबल अफेयर्स विभागलाई गत हप्ता यसबारे सोधिएको थियो । मंगलबार समेत पटक पटक आग्रह गर्दा समेत अधिकारीहरुले कम्पनीको छनोटबारे कुनै प्रश्नको जवाफ दिएनन् ।

मान बहादुर थापा गोर्खाली सैनिकको रुपमा १५ वर्ष बिताएका मान बहादुर थापा पनि यो विष्फोटमा बााच्न सफल भएका थिए । उनको काँधमा अझै पनि बमका छर्रा छन् र यो आक्रमणबारे निकै कम सम्झिन्छन् । थापाका अनुसार उनी घटनाको करिब २ हप्तापछि दिल्लीको एक अस्पतालमा होसमा आएका थिए जहाँ उनले आफूलाई शोकाकूल आफन्तका अनुहारले घेरिएको अवस्थामा पाएका थिए । ‘म रुन्थें’ थापाले सीबीसी न्यूजसँग भने ‘डेढ महिनाको अवधि निकै कठिन थियो । मलाई लाग्थ्यो त्यो कष्टकर अवस्थामा बाँच्नुभन्दा शायद मृत्यु सजिलो हुनथ्यो ।’

थापाका अनुसार दिल्लीमा भारतको लागि क्यानडाको दूतावासका कर्मचारी र स्वयं राजदूतले नियमित रुपमा घाइते सुरक्षाकर्मीहरुसँग काबुलमा रहँदा उनीहरुको खाना, आवास र काम गर्ने स्थितिको बारेमा सोधिरहन्थे तर ती गोर्खालहिरु कम्पनीको नीतिका कारण आफ्नो समस्याबारे बोल्न प्रतिबन्धित थिए । ‘गोर्खालीहरुको सबैभन्दा ठूलो चिन्ताको विषय भनेको काममा जाँदा र फर्किंदा सुरक्षाको थियो । पश्चिमाहरु त काबुलमा हतियारबन्द एसयुभी र सैनिकका गाडीका हिँड्ने’ थापाले भने । थापाका अनुसार उनीहरुले १ वर्षदेखि कम्पनीसँग सुरक्षाको कुरा उठाइरहेका थिए तर कम्पनीले वास्ता गरेन ।

नेपाल सरकारले २ वर्षदेखि क्यानडा सरकारसँग ती बाँच्न सफल गोर्खाली र मारिने गोर्खालीका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास गरिरहेको छ । नेपाल सरकारले उक पटक औपचारिक कूटनैतिक नोट समेत पठायो तर पीडितले कुनै क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाली राजनीतिज्ञले सार्वजनिक रुपमै क्यानडामाथि बेवास्ता र गोर्खालकिो सुरक्षामा असफल भएको आरोप लगाएका छन् । तर, क्यानडा सरकारले यस विषयमा केही गरेको छैन । ‘ती सुरक्षाकर्मी र क्यानडा सरकारबीच कुनै रोजगारी सम्झौता छैन । ती गार्डहरुलाई सब्रेले काममा राखेको हो’ तत्कालीन क्यानडाली विदेशमन्त्री स्टेफेन डायोनले विष्फोटको उक महिनापछि एक प्रेस नोटमा भनेका थिए ।

चित्र कुमारी कोइराला चित्र कुमारी कोइराला काबुलमा मारिले गोर्खालीमध्ये एक मधुसुदन कोइरालाकी विधवा हुन् । १७ वर्ष नेपाली सेनामा काम गरेर अवकाश पाएका कोइरालाकी पत्नी चित्रकुमारीले क्यानडा सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएकोप्रति आक्रोशित छिन् । ‘हाम्रो परिवारले उनीहरुको सुरक्षामा काम गरिरहेको थियो’ कोइरालाले भनिन् ‘जब मारिसहरु ड्युटीमा मारिन्छन्, उनीहरुको (क्यानडालीको) कुनै जिम्मेवारी हुँदैन ? उनीहरुले स्वीकार गर्नुपर्छ कि हाम्रा नेपालीहरु उनहिरुको गैरजिम्मेवार व्यवहार र बेवास्ताका कारण मारिएका हुन् । उनहिरुले हाम्रो कुरा सुन्नुपर्छ ।’

नेपाली गोर्खालीहरु विश्वभर आफ्नो बहादुरीका लागि परिचित छन् । उनीहरुले १९ औं शताब्दीदेखि बेलायती सेनामा सेवा गरिरहेका छन् र अहिलेका ‘वार जोन’मा उनीहरु लामो समयसम्म कठिन परिस्थितिका काम गर्नका लागि पहिरो रोजाइमा छन् । कोइरालाले आफ्ना श्रीमानलाई सब्रेको लागि काम नगर्न बिन्ती गरेको बताइन् । यो दम्पतीले यसअघि नै एक छोरा र एक छोरी गुमाएको पीडा झेलिसकेका थिए । २०१५ को भूकम्पमा उनीहरुका दुई सन्तान मारिएका थिए ।

‘उहाँले मलाई छ महिनामा फर्किन्छु भनेर सान्त्वना दिनुभयो’ कोइरालाले भनिन् ‘उहाँले हाम्रो छोरा मारिएको पीर नगर्न सम्झाउनुभयो र जीवनभर मेरो ख्याल राख्ने बाचा गर्नुभयो ।’ अफगानिस्तानमा रहँदा पनि उनका श्रीमानले उनलाई आफू सुरक्षित रहेको र खतरा भनेको १० मिनेटको बाटोको यात्रामा मात्र भएको बताउने गर्थे । उनीहरुको अन्तिम कुराकानीले उनको घाउ बल्झाइरहन्छ । ‘उहाँले भन्नुभएको थियो – सबै भाग्यको खेल हो त्यसैले राम्रो सोच ।’

थप समाचार, यो कथा पुरा पढ्नुहोस्! छुट्टिएँ । मैले सत्र बर्ष, एघार महिना र पच्चिस दिन लामो मेरो वैवाहिक सम्बन्धको कानुनीरुपले अन्त्य गरेँ । आत्मिक, शारीरिक, सामाजिक, व्यवहारिक, आर्थिक सबै हिसाबले म ऊबाट अलग भएँ । हाम्रो सम्बन्धबिच्छेद भयो ।

सम्बन्धबिच्छेदसँगसँगै अब म ‘हामी’ बाट ‘म’ अर्थात अनामिका भएँ ।

अनामिका भएको महिनादिनसम्म मेरो हरेक समय संक्रमणकालीन रह्यो । कयौंदिनसम्म त म आधा गारो भत्किएर ढल्न लागेको घरजस्तै कमजोर भएँ । थुपै्र दिनहरु एक्लोपनको भयले असुरक्षित महसुस गर्दै बिते । तिरस्कृत हुनुको पीडाले कयौं रात सुत्न सकिनँ । आफ्नैहरुले काटेका अनेकौं कुरा सुन्दा-सुन्दा टाउको एक मनको ढुंगोले थिचेझैं भयो । आफन्तहरुका त्यस्ता मनगढन्ते कुराहरुबाट आउँने दिनहरुमा छोराछारीलाई कसरी सम्हालौंला भनेर अत्यास लाग्यो । त्योभन्दा बढी त यक्तिका बर्षसम्म ओझेल परेको आफ्नै परिचय अब एकाएक कसरी स्थापित गरुँला भनेर अत्यन्तै पीर लाग्यो ।

यसरी पीरमाथि पीर बोकेर कैयौं दिन आफ्नो नयाँ परिचयका लागि म निकै घोत्लिएँ, हड्बडाएँ अनि डराएँ पनि । तैपनि मसँग समयको गतिसँगै आफुभित्रको डरलाई किनारा लगाउँदै जानुको अर्को विकल्प थिएन । किनकि मैले जीवनको एउटा लामो अध्यायमा पूर्णबिराम लगाइसकेकी थिएँ ।

दोस्रो विकल्प नभेटेपछि मैले बिस्तारै हिजोको लेखाजोखा गर्न छोडेँ र ‘हामी’ बाट ‘म’ मा फर्किनुलाई नै आजसम्मको समग्र उपलब्धी मानेँ । अब मैले त्यही मानार्थ उपलब्धीलाई आधार बनाएर मेरो जीवनको एक नयाँ अध्याय शुरुवात गर्नु थियो । त्यसैले एकमहिना एघार दिन बिरामी बिदा लिएर बसेको जागिरमा ढिलो नगरी फर्किने योजना मनमा बनाएँ ।म अफिस जाने भएँ ।

मनकै मर्जी ! हो, म आज मनकै मर्जीको दह्रो ढलानमाथि उभिएकी थिएँ । त्यही ढलानबाट मैले आफ्नै मनलाई सुनेँ र भर्खरै सरेको घरको सानो कोठाको ठूलो ऐनालाई साक्षी राखेर अफिस जानका लागि तैयार हुन थालेँ । सधैँ ऐना अगाडि उभिँदा आफ्नै बिम्बमा पनि अरु देख्ने मान्छे म, आज केवल आफूलाई मात्र देखिरहेकी थिएँ ।

आज मेरो अनुहारमा कसैलाई खुशी पार्नुपर्ने नियमहरुको जालो लागेको थिएन । अरुको चित्त बुझउँनु पर्ने सिद्धान्तले मेरो श्रृगारलाई निर्देशित गरिरहेको थिएन । आफ्नो सुन्दरताको अनुमोदन कसैबाट गराउँनु पर्ने पनि थिएन । न प्रशंसाको मृगतृष्णामा दगुर्नु थियो न त आलोचनामा दुःखी हुनु थियो । कसैका लागि हार्नु पनि थिएन । जित्नु त झनै थिएन । यस्तो सबैथोकको तटस्थताबिच म केवल अनामिका भएकी थिएँ ।

यस्तै कुराहरु मनमा खेलाउँदै गर्दा मेरो छिट्टो छरितो तैयारी मिलिक्कै सकियो । म घरबाट निस्किएँ ।

जीवनको अत्यन्तै असजिलो समयको खोलभित्र महिनादिनभन्दा बढी एक लार्भाझैं खुम्चिएर बसेकी मान्छे म ! यतिबेला आफ्नै निर्देशनमा आफू हिड्ने बाटो तयार गरेर अफिस जाने बाटोमा हिँडिरहँदा कसोकसो मलाई आफु एक पुतलीमा परिणत भएको अनुभुत भैरहेको थियो ।

“अहो, त्यो फुर्र-फुर्र उड्ने रङ्गीन पुलती ! त्यसका सुन्दर पखेटा र माथिको खुला आकाश !!”

बाटो हिँड्दै गर्दा मेरो मानसपटलमा पुतलीको सुन्दरता, सामथ्र्य र स्वतन्त्रता खेल्न थाले । केटाकेटीमा आमाले पुतली समाएर ल्याउँन अह्राएको पनि संझिएँ । आमालाई बगैँचामा उडिरहने ठुल्ठुला छिर्केमिर्के पुतलीहरुलाई समातेर ल्याई फ्रेमभित्र हालेर घर सजाउँने मन थियो । उनको यस्तो रहर पछाडिको कारण मलाई थाहा थिएन र मैले कहिल्यै त्यो कारण जान्ने प्रयास पनि गरिन । बरु म आमाको त्यो ईच्छा पूरा गर्न हरेक शनिबार दिउँसो पुतली समात्न घरको बगैँचा र स्कूलको चौरतिर साथीहरु जम्मा पारेर निस्कन्थेँ । कयौं घण्टाको अनवरत प्रयासपछि मुश्किलले एउटा दुईटा पुतली समातिन्थे । म ती पुतली लगेर आमाका हातमा दिन्थें । आमा खुशी हुन्थिन् ।

केटाकेटी न परेँ ! त्यसबेला मेरो मस्तिष्कमा आमाको रहर, पुतलीको आकार र रङ्ग बाहेक अरु केही थिएन । एउटा सामान्य लार्भाबाट भएको पुतलीको कायापलटलाई फिटिक्कै बुझेकी थिइनँ मैले । तसर्थः आमालाई खुशी पार्नकै लागि पनि मेरो उद्देश्य सधैं ठुला र चहकिला छिर्केमिर्के रङ्ग भएका पुतलीहरुलाई लखेटी-लखेटी समात्नु हुन्थ्यो ।

परिस्थिति र समय दुवै अलग भएको छ अहिले । आमा बुढी भएकी छन् । उनको पुतली फ्रेममा हालेर घर सजाउँने रहर समाप्त भैसकेको छ । म, जीवनको दोस्रो चरण सकेर तेस्रो चरणतिर उन्मुख छु । भनौं, पुतलीको कायापलटको शिलसिलामा पुरानो शरीर त्यागेर नयाँ शरीरको निर्माण गर्ने सिद्धान्तलाई बुझ्ने भएकी छु । तिनलाई लखेटेर समात्न होइन, तिनको स्वतन्त्र उड्न पाउँने प्राकृतिक हकलाई स-सम्मान स्वीकार्ने पनि भएकी छु ।

पुतलीलाई मैले एक दिनमा बुझेकी कहाँ हो र ! बोटबिरुवाका स-साना पातमा थुपि्रएका डिम्माहरुबाट घिनलाग्दो झुसिल्किरोमा परिणत हुँदै कोकूनको अँध्यारोभित्र बन्दी भएर भुँईमा घिसि्रने झुसिल्किराका सयौं खुट्टा त्यागी संपूर्ण स्वरुपै बदलेर पुतली भई उड्नु सहज कुरा होईन भन्ने बुझ्न मलाई निकै समय लाग्यो । आफ्नो नव निर्माणका लागि बन्दी हुनु परेको कोकूनभित्रको अन्धकारमा पनि अनवरत खटेर सुन्दर पखेटा लिएको पुतली कोकूनबाट बाहिरिन्छ भन्ने त मैले भर्खरै मात्र बुझेकी ।

ढिलोचाँडो जे होस्, म जीवनको यस विन्दुमा आइपुग्दा अनेकौं उतार चढाब झेलेर अघि बढ्न सक्ने पुतलीको अद्भुत क्षमताबाट अत्यन्तै प्रभावित भएकी छु । त्यसैले अन्त्यहीन सम्भाब्यता भएको, जीवन्त खुशी बोकेको, परिवर्तन, रचनात्मकता र अग्रपथको प्रतीक पुतली मेरो मार्गदर्शक बनेको छ ।

हरे ! पुतलीको जीवन खोतल्दा-खोतल्दै अफिस भएको मोड छोडेर निकै अगाडि पुगिसकीछु म । आफ्नै हुस्सुपनसँग लाज मानेर कान राता पार्दै फेरी अफिस पुग्ने बाटोतिर मोडिएँ ।

“ए तपाईं पो !”

रविराजसँग बाटैमा भेट भयो ।

सधैं मेडम नमस्कार भनेर देख्ने बित्तिकै हात जोड्ने रविराजले यसरी ‘तपाईं पो’ भनेर सम्बोधन गर्दा मनमा कताकता चिसो पस्यो ।

“हो ! म नै हो ।”

मैले पनि उसकै पारामा जवाफ फर्काएँ र अगाडि बढेँ । रविराजको कार्यकक्ष तल्लो तलामा र मेरो माथिल्लो तलामा भएकाले उसँग अरु दोहोरो संवाद गर्नुपर्ने जरुरी भएन मलाई । म उसलाई तलै छोडेर आफ्नो कार्यकक्षतिर लागेँ ।

कोठामा पसेपछि चारैकुनामा एक नजर लगाएँ । झ्यालमा झुण्डिएको पर्दादेखि कोठाको ढोकाको भित्री भागतिर कोट र हाते ब्याग झुण्ड्याउने किला, टेबलमाथिका कलम, पेपरवेट, टेबलमुनिको रद्दीको टोकरी, सेवाग्राही बस्ने कुर्सी अनि सिलिङ्गमा झुण्डिएको पंखा सबैथोक उस्तै लागे ! यी सबै-सबैले मलाई पहिलेजस्तै मायालु स्वागत गरे । मेरो स्वागतका लागि ती निर्जीब बस्तुहरुलाई बोलीको आवश्यकता परेन ।

मान्छेकोभन्दा कोठाका निर्जीब बस्तुहरुको त्यो मूक स्वागत साँच्चै न्यानो लाग्यो मलाई । मैले त्यो न्यानोपनलाई महशुस गरिनसक्दै सजीव बर्चस्व भएका केसीजी मेरो कोठामा टुप्लुक्क आइपुगेँ ।

“अहो ! के हो ? तपाईंको त लोग्नेसँग छुटानाम भयो रे नि…? के हो चक्कर !” केसीजी यति उत्साहित थिए कि मानांै उनी मेरो यही क्षणको प्रतिक्षामा थिए ।

“हो । मेरो लोग्नेसँग छुटानाम भयो ।” मैले भने ।

“ल…ल…तपाईंकै छन् दिन अब !”

केसीजीले मेरा दिनहरु खै कसरी देखे कुन्नि ? मौखिक पात्रो बनाएर प्रस्तुत गर्दै मेरो कोठाबाट निस्किए ।

मैले केसीका शब्दहरुलाई मेरो मनको गहिराई नाप्नै दिइनँ । मेरालागि केसीजीको उपस्थिति बुटजुत्ता लगाएर जंगलमा शिकार गर्न हिँडेको शिकारी बराबर थियो । शिकारीको प्रवृति नै कुल्चिने, ताक्ने, चिथोर्ने, लुछ्ने अनि मार्ने ! यस्तो प्रवत्ति भएको शिकारीले कति पुतलीका डिम्बा भएका रुखबिरुवाका पात, हाँगा लुछ्दै र किल्चदै हिँडे होलान् ? तर, पुतली पलायन भएको छ र ?

म पुतली ! केसीजी शिकारी !! मैले चित्त बुझाएँ ।

धेरैदिनको अन्तरालपछि मेरो काम शुरु भएकाले मेरो कोठामा सेवाग्राहीहरुको चाप थिएन । दुईचार जनालाई सेवा दिएपछि खाजा खाने समय भयो । क्यान्टिनमा झरेँ । केसीजी र रविराज मभन्दा पहिले पुगिसकेका रहेछन् ।

म तिनको छेउको टेबलमा बस्नु नपरोस् भन्ने चाहन्थें । यसो हेर्दा क्यान्टिनको काउन्टरको कुनामा दुईटा मात्र कुर्सी भएको टेबलमा सुवर्णा मेडमलाई खाजा खाँदै गरेको देखेँ । त्योभन्दा उचित ठाउँ र व्यक्ति अरु नहुने देखेर मैले छिटोछिटो त्यतैतिर पाइला बढाएँ ।

“लौ ! अनामिका, हैन कता हराएकीथ्यौ भन्या ? ल बस बस । ” मेडमले खाली कुर्सीतिर देखाउँदै उही ‘भन्या’ को थेगो जोडेर बोलिन् ।

“कहाँ हराउनु र ! त्यस्तै-उस्तैमा ब्यस्त भएर…!” मैले पनि कुर्सी तानेर बस्दै भनेँ ।

“हेर…! तिम्रो त घरबारै पो टुटेछ ।” मुखमा हालेको खाजाको बुजो चपाउँदै उनले भनिन् -“मलाई त रविराजले पो कसैलाई नभन्नु है मेडम भनेर खुसुक्क सुनाएको ।”

“हो त मेडम ।” मैले यत्ति भनेँ ।

“सानोतिनो ठाकठुक त हामी आईमाईलाई नै सहनु भन्छन् ।” चम्चाले खाजाको प्लेट कोतर्दै मेडमले थपिन् -“जे भए नि तरुनी-बरुनी नै छौ, एउटा न एउटाले लगिहाल्छ , पीर नगर ।”

सुवणर्ा मेडमको निर्णयात्मक प्रतिकृया सुन्दा मेरो शरिरभरि काँडा उमि्रए । उनले कसरी सानोतिनो ठाकठुकमै सम्बन्धविच्छेद भएको निष्कर्ष निकालिन् ? कसरी उनले मलाई एउटा न एउटासँग गैहाल्छु भन्ने सोचिन् ?

यस्तो सोच उनको दिमागमा आइरहँदा उनले त मलाई एक आमासम्म देखिनन् , एक राष्ट्रसेवी कर्मचारी पनि देखिनन् । न त एक सचेत नागरिक, न एक शिक्षित व्यक्ति नै देखिन् । देखिन् त केवल एउटा न एउटाले लगिहाल्ने तरुनी-बरुनी ! ‘लानु’ र ‘जानु’लाई जीवन देख्ने सुवर्णा मेडमको सोचप्रति दया लाग्यो मलाई ।

खान्दानी परिवारकी बुहारी भएर महलजस्तो घरभित्रबाट जीवनको शुरुवात गरेकी सुवर्णा मेडमले महल मात्र बुझेकी छन् । उनका फूलबारी र बगैँचा त मालीले स्याहार्छन् रे । फूलबारी नदेख्नेलाई पुतलीको संसार बुझिराख्नुपर्ने के जरुरी र ?

म पुतली ! सुवर्णा मेडम खान्दानी बुहारी !! मैले चित्त बुझाएँ । तर, मलाई सुवर्णा मेडमका साथ धेरैबेर बस्नु उचित लागेन । त्यसैले कफी पिई नसक्दै पैसा तिर्न काउन्टरतिर लागेँ ।

“मेडमको कफीको पैसा रविराज सरले तिरिसक्नुभएको छ ।” काउन्टरमा बसेको केशरीलालले मुसुक्क मुस्काउँदै भन्यो ।

केशरीलालको कुरा सुनेर भर्खरै पिएको तातो कफी नै शरिरभरि खन्याएको अनुभुति भो मलाई । तन र मन दुवै भतभत पोल्यो ।

“आइन्दाबाट मेरो खाजाको पैसा मैले थाहा नपाई अरुबाट लिने काम नगर्नु, केशरीलाल ।” मैले रिसाउँदै भनेँ ।

“हस् मेडम ।” केशरीलाल बोल्यो र छेउमै उभिएको वेटरसँग मुखामुख गरेर हाँस्न थाल्यो ।

थाहा नपाई कसैको निगाहको कफी आधा पिएकोमा अत्यन्तै ग्लानी भयो मलाई । त्यसमाथि केशरीलाल र वेटरले मुखामुख गरेर हाँसेको पटक्कै चित्त बुझेन । रविराजले मेरो कफीको पैसा तिर्नुलाई एक दुर्घटना सम्भिmँदै म आफ्नो कार्यकक्षमा फर्किएँ ।

संसारको खाद्य उत्पादनलाई परागशेचनबाट टिकाइराख्ने पुतलीको क्षमता एकाउन्टिङ्ग पढेको रविराजले के बुझोस् ।

म पुतली ! खजाञ्ची रविराज !! म चित्त बुझाउँदै खाजा खाने समयलाई छोट्याएर कार्यकक्षमा फर्किएँ ।

‘जीवन रोमन रोडझैं सीधा कहाँ रहेछ त खोई ?’

म एक्लै बडबडाउँदै टेबलमा आइपुगेका फायलहरु पल्टाउन थालेँ । फायलका केही पानाहरु पल्टाउन नपाउँदै करिडोरमा टकटक जुत्ता बजेको सुनियो । मलाई भने पल्टाउँदै गरेको फायल पुरै अध्ययन गरिनसक्दै सेवाग्राही कोठामा नआइदियोस् भन्ने थियो । भने जस्तो कहाँ हुन्थ्यो ? त्यो टकटक गर्ने जुत्ताको आवाज मेरो चाहना विपरीत कोठाभित्र पसिसकेको थियो ।

“पीआर सर ! नमस्कार ।” मैले हडबडाउँदै अभिवादन गरेँ ।

मेरो कोठाभित्र आइपुगेको जुत्ताको आवाज कुनै सेवाग्राहीको नभएर मेरो अफिसको कार्यकारी प्रमुखको थियो । उनको एकाएकको उपस्थिति देखेर अघिसम्मको सग्लो मेरो आत्मबल बिस्तारै चोइटिन लाग्यो ।

“नमस्कार !” पीआर सर मेरो अभिवादन फर्काउँदै टेबल सामुन्ने सेवाग्राही बस्ने कुर्सी तानेर बसे र मलाई पनि आफ्नो कुर्सीमा बस्न आदेश दिए ।

उनको आदेश मान्दै कुर्सीमा बसेँ । हामी आमने-सामने भयौं ।

“तपाईंको पारिवारिक बिखण्डनप्रति दुःख लाग्यो ।” सान्त्वनाबाट कुरो शुरु गरे उनले ।

रविराज, केसीजी र सुवर्णा मेडमकोभन्दा पीआर सरको अभिव्यक्ति सभ्य लाग्यो मलाई । त्यसैले उनीतिर हेर्दै भनेँ -“सरको सहानुभूतिका लागि धन्यबाद ।”

“तपाईंले आफूलाई एक्लो नठान्नू होला । काममा केही असजिलो परे मलाई सिधैं सम्पर्क गर्नु होला । यो मेरो निजी नम्बर हो ।” कोटको भित्री गोजीबाट भिजिटिङ्ग कार्ड निकालेर मेरो हातमा थमाउँदै उनले भने- “आर्थिक समस्या भए पनि भन्न नहिकिचाउनु होला ।”

यति भनेर उनले मेरा दुवै हात बेस्सरी अँठ्याए अनि कोठाबाट बाहिरिए ।

उनको दोहोरो चरित्रलाई देखेर म विस्मित भएँ । आजसम्मको मेरो बुझाइमा हाकिम भनेको शक्तिकेन्दि्रत र आफूभन्दा कमजोरहरुलाई सीमांकृत गर्ने एउटा ओहोदा भन्ने मात्र थियो । आज बल्ल थाहा पाएँ कि हाकिम भनेको त अर्काको स्वभिमानी टाउको फोरेर मुटु नै गिजोल्न पुग्ने गिद्धे आँखा भएको फोहोरी पंक्षी पनि पो हुँदोरहेछ ।

उसलाई के थाहा पुतलीको अत्यन्तै चलायमान र पोलराईज्ड किरणहरुलाई देख्न र बुझ्न सक्ने आँखाको अनौठो क्षमता ।

पीआरका गिद्धे आँखा, म पुतली ! मैले चित्त बुभाएँ ।

अबचाहिँ जति नै चित्त बुझाउँन खोजे पनि मेरा सहकर्मी तथा आदरणीयहरुको खोक्रो शैक्षिक योग्यता, बौद्धिकता, समझदारी र सामाजिक प्रतिष्ठालाई म साँच्चै घृणा गर्ने भैसकेकी थिएँ । पीआर, केसी, सुवणर्ा र रविराजको ब्यवहार र सोच देख्दा मलाई यस्तो लाग्यो कि म बाँचेको समाज महिलालाई सोच्ने क्षमता सम्पन्न एक मानवभन्दा अनेकौं समस्याबाट शिकार भएको पीडित नमुनाको रुपमा हेर्न उद्यत छ ।

मैले निराश हुँदै पुनः पुतली सम्झिएँ ।

“के मैले पुतलीको वातावरणीय प्रतिकुलतालाई अत्यधिक ग्रहण गर्ने क्षमता र जीवनलाई निरन्तरता दिनका लागि अनेकौं परिवर्तनबाट गुजि्रनुपर्ने बाध्यतालाई बिर्सन हुन्छ ? हावामा निर्धक्क उड्ने तिनको क्षमतालाई सामान्य मान्न मिल्छ ? एक खोस्टोभित्रको अन्धकारमा कैदी भएर पनि आफूलाई सुन्दर बनाई बाहिर निस्कने पुतलीलाई नजरअन्दाज गर्न मिल्छ ? झुसिल्किराका सयौं खुट्टाहरुले पनि पुतलीलाई उड्नबाट रोक्न नसकेको यथार्थ नजानेझैं गर्न सुहाउँछ ? सयौं खुट्टाको शक्तिलाई पराजित गरेर पखेटा लिई उड्न सफल हुनुभन्दा सुखद र सर्वोकृष्ट प्राप्ति अरु के कल्पन सकिन्छ ?”

वरिपरि पुतलीको संसार नबुझ्नेहरुको बर्चस्व भएका बखत मेरा यी तमाम प्रश्नहरु ब्यर्थका थिए । तापनि यतिबेला मैले आफूलाई पुतली बाहेक अरु केही कल्पनै गर्न सकिरहेकी थिइनँ । तसर्थ : रविराजदेखि पीआरसम्मले चोइट्याउँन शुरु गरेको मेरो आत्मबल र आत्मसम्मानलाई धैर्य भएर बेस्सरी कसेँ, सुम्सुम्याएँ र मनमा भएका पीडाका रहल-पहल धर्साहरुमा आफ्नै स्नेहको मल्हम लगाएँ ।

दह्रो प्रयास पश्चात मैले आफूलाई बिहान घरबाट निस्कँदाको जत्तिकै बलियो बनाएँ र म पुतलीजस्तै हलुङ्गो भएर कार्यकक्षबाट बाहिरिएँ ।

मलाई बाहिर सडक किनारामा निस्किएको मिनेट नहुँदै कसैले गाडीको हर्न बजायो । सडकको छेवैमा रोकेको गाडीबाट हर्न बजेको सुनेर मुन्टो फर्काएँ । गाडीभित्र त मेरा पुराना छिमेकी श्रीधर पो रहेछन् ।

“आउँनुस् ! म छोडिदिन्छु घरसम्म ।” गाडीको झ्यालको सिसा तान्दै वरपर हिँडेका मान्छेहरुले सुन्ने गरी बोले श्रीधरजी ।

“तपाईंले दुःख गर्न पर्दैन । म आफ्नै हिसाबले जान्छु ।” मैले भनेँ ।

“के हो ? दिउँसै घरमा बोलाएर दुनियाँसँग गोप्य भेट्न हुने अनि हाम्ले चाहिँ घर छोडिदिने भन्दा पनि नाई भन्दिने ?”

श्रीधरले सडक किनारा पनि भनेनन् । उनले मलाई गाडी रोकेर अनेकथोक भनिरहँदा उनकी ५० कट्न लागेकी श्रीमती पनि बिर्सिए । बिवाहित छोराबुहारी र नातिनातिना पनि बिर्सिए । आफ्नाो सामाजिक दायित्व बिर्सिए । नैतिकता बिर्सिए र पुरानो छिमेकी हुनुको नाता पनि बिर्सिए ।

उनले सबथोक बिर्सिरहँदा मैले पुतलीको जीवनको कायापलट सम्झिरहेँ र श्रीधरको गाडीलाई छोडेर अनेकथोक छिचोल्दै म सुरक्षित घर पुगेँ ।

दुबै छोराछोरी मभन्दा पहिल्यै कलेजबाट फर्किका रहेछन् । उनीहरुलाई देखेपछि मन शान्त भयो । लुगा पनि नफेरी म उनीहरु बसेको सोफातिर हान्निएँ । छोराछोरी दुवैलाई बेस्सरी अँगाले । त्यसपछि दुवैलाई राखेर सेल्फी पनि लिएँ ।

त्यो सेल्फीमा मैले दुईतिर बसेका मेरा छोराछोरीमा आफ्नो जीवन अगाडि बढाउने शक्तिको गहिरो मुहान देखेँ ।

मलाई छोराछोरी अँगालेको त्यो सेल्फी फेसबुकमा पोस्ट गर्ने विचार आयो । सोसियल मिडिया नचलाएको दुई महिना भैसकेको थियो । पुराना पोस्टहरुलाई धेरै छाँटकाँट गर्नु परेकाले एकाउन्ट निस्किय बनाएकी थिएँ । मैले ल्यापटप अन गरे अनि फेसबुकमा लग ईन पनि गरेँ । ५० प्लस नोटिफिकेसन देखिए । मेसेन्जरमा पन्ध्र प्लस मेसेज देखिए ।

फोटो पोस्ट गर्नुभन्दा पहिले मेसेन्जर बक्स खोलेँ । मेसेन्जर रिक्वेस्टमा दुईटा मेसेज रहेछन् । तिनैलाई पहिले खोलेँ ।

“आज अफिसमा तिमीसँग भेटेर खुशी लाग्यो । भोलि बेलुकीको डिनर मसँग है ! त्यही अनुसार तयार भएर आऊ ।” यति लेखेर पीआरले लभको ईमोजी छेउमै टाँसेछ ।

यो देखेर मलाई केही अनौठो लागेन । किनकि उसले आफ्नो चरित्र दिउँसै देखाइसकेको थियो । मैले पीआरको मेसेज तुरुन्तै डिलिट गरेँ ।

त्यसपछि रविराजको मेसेज देखियो, पुरानो साथीको मेसेज पनि देखियो । भर्खर चिनेका भर्चुअल साथीहरुको पनि मेसेज थियो । मानेका आदरणीयको पनि मेसेज थियो ।

मलाई ती सबै मेसेजहरु सुरुङ्गभित्र लुकाएका बम जत्तिकै लागे । मलाई बम बिस्फोटमा परेर अन्त्य हुनु थिएन । मैले त पुतली हुनु थियो । त्यसकारण कुनै मेसेजलाई खोल्दै नखोली सबैलाई डिलिट गरिदिएँ । तर, मलाई सबै दोहोरो चरित्र बोकेका पात्रहरु सम्झेर रातभर निन्द्रा परेन । धेरै प्रयत्न गर्दा पनि मेरो मानसपटलमा आफू सुरक्षित रहन सक्ने कुनै आधारहरु खेल्न सकेनन् ।

मैले भोलिपल्टै छँदाखाँदाको जागिरलाई राजीनामा पठाएँ । त्यसको एक बर्ष आठ महिनापछि म उडेँ – पुतली भएर । मसँगै मेरा छोराछोरी पनि उडे ।
आज साढे पाँच बर्ष कटिसके छ म स्वीडेन बस्न थालेको । मेरो जीवनमा पुतलीको प्युपा बनेर आएको त्यो स्वीडिस प्रोजेक्टले मलाई पुतली बनेर उड्ने मानसिक, सामाजिक र आर्थिक सबै बल दियो । अहिले छोराले अष्ट्रेलियाबाट आईटी ईन्जिनियरिङ्ग सकेर जर्मनीको साइमन कम्पनीमा काम गर्न थालेको छ । छोरी ईन्टर्नशिप गर्न क्यानडा पुगेकी छ ।

मेरा अनेकौं पुरुष सहकर्मी छन् । ती सबैलाई म सम्बन्धबिच्छेद गरेर बाँकी जीवन आफ्नै हिसाबमा बाँच्न चाहने महिला भनेर बुझेका छन् । उनीहरुले मलाई त्यहीरुपमा आदर र सम्मान गर्छन् । म कहीँ असुरक्षित महशुस गर्दिनँ । मेरो आत्मबलमा कत्ति पनि कमी पाउँदिनँ । पाँच वर्षको लामो अवधिमा उनीहरु कसैले मेरो आत्मसम्मानमा चोट पुर्‍याउने एक शब्द भनेका छैनन् ।

भोलि कसैसँग जीवन जोड्न चाहेँ भने म स्वतन्त्र छु । त्यो मेरो नितान्त व्यक्तिगत निर्णय हुनेछ ।

जीवनको प्रतिकुलताले मान्छेलाई जे सिकाउँछ, त्यो संसारको कुनै विश्वविद्यालयले सिकाउँन सक्दैन । मलाई जीवनले आफ्नै हकमा बाँच्न सिकायो । जीवनले नै मलाई अर्काको माटोमा साँच्चै पुतली भएर उड्ने स्वतन्त्र आकाश दिलायो । मन लाग्दा खुट्टा बिसाउने धर्ती दिलायो ।

अन्य समाचार, काठमाडौं- मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ। एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ।जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्छ। मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ ।

सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ । यसै बिषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे यस्तो सुझाव दिन्छन् :

अहिले मौसम परिवर्तनको समय हो । यो समयमा अधिकांशलाई रुघाखोकी लागिरहेको हुनसक्छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेहरु पनि धेरै हुनसक्छन् । तर कसरी थाहा पाउने ? यी लक्षणबारे जानकारी लिनुहोस्-

.मौसमी रुघा खोकीका लक्षण

नाक बन्द हुने,नाकबाट पानी आउने,हाँच्छ्यु आउनेशरीर दुख्ने,हल्का ज्वरो आउने,टाउको दुख्ने ,शरीर दुख्ने सामान्य उपचार तथा आरामले फाइदा गर्ने छोटो समयमा निको हुने

कोरोना संक्रमणका लक्षण

सुख्खा खोकी लाग्ने ,उच्च ज्वरो आउने, एकदम थकाइ लाग्ने ,सास फेर्न गाह्रो हुने, स्वाद वा / र गन्ध थाहा नहुने, घाँटी खसखस गर्ने / बोलि परिवर्तन हुने ,निको हुन १० दिन लाग्न सक्ने खाना नरुच्ने अक्सिजन / आइसीयुको उपचार आवश्यक पर्न सक्ने यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पीसीआर परीक्षण गर्ने ।

अन्य समाचार, काठमाडौं महानगरपालिकामा ९१ जना कोरोना सङ्क्रमित सम्पर्कविहीन भएपछि त्यसले तनाव बढाएको छ । कोरोना सङ्क्रमित भएकाको सम्पर्कमा आएकाहरूलाई ट्रेसिङ गरी क्वारेन्टाइनमा राखी भाइरसको बाटो बन्द (चेन बे्रक) गर्नुुपर्नेमा सङ्क्रमित नै सम्पर्कमा नआएपछि तनाव बढेको हो।

काठमाडौँ महानगरपालिकाका अनुसार पीसीआर परीक्षण गराउने क्रममा गलत सम्पर्क नम्बर र ठेगाना टिपाएका ९१ जना सङ्क्रमित सम्पर्कविहीन भएका हुन् । ती व्यक्ति पीसीआरको पोजेटिभ रिपोर्ट खल्तीमा बोकी समुदायमै घुलमिल भइरहेको हुन सक्ने आशङ्का महानगरपालिकाले गरेको छ ।

“सम्पर्कविहीन भएका कतिपय व्यक्तिको दुई हप्ता समय सकिएकाले कोरोना अन्य व्यक्तिलाई सर्ने सम्भावना कम भएको हुनसक्छ,” काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख ज्ञानबहादुर ओलीले बताए । सोमबारसम्म कन्ट्याक ट्रेसिङ गरिएकामध्ये १३ दशमलव ७६ प्रतिशत पोजेटिभ केस भेटिएको छ । हालसम्म १६ हजार १८० जनाको कन्ट्याक ट्रेसिङ गरी पीसीआर गर्दा दुई हजार २२७ जनामा पीसीआर पोजेटिभ आएको केस भेटिएको काठमाडौँ महानगरले जनाएको छ ।

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिका केन्द्रीय राजधानी भएकाले महानगरपालिका एक्लैले चाहेर मात्र कोरोना रोकथाम नहुने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

अन्य समाचार, काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *