रोचक खबर

हेला नगर्नुहोला ! लाख बती बालेको फोटोलाई छोएर सेयर गरौ तपाइले सोचेको काम बन्नेछ

आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिं’गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिं’ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।जस्तोः प्रकाश स्तम्भ/लिं’ग, अग्नी स्तम्भ/लिं’ग, उर्जा स्तम्भ/लिं’ग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिं’गका रुपमा चिनिन्छ ।ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिं’गमा निहित हुन्छ । वास्तवममा शिवलिं’ग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ ।

अन्य समाचार शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको पाइन्छ । जसले मानव जीवनलाई संस्कारी बनाएको हुन्छ ।

आज आइतबार । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले सफलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सवै मिलाएर काम गर्दा तपाईलाई सफलता मिल्छ ।मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ।

कुनै पनि शुभ कार्य गर्नुपर्दा सवैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्र अनुसार आइतबार के के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा यहाँ प्रस्तुत गरिएको छ ।आइतबारका दिन राज्याभिषेक गर्ने, मन्त्र–उपदेश गर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, औषधी निर्माण गर्ने, गाईगोरु किनबेच गर्ने, हवन गर्नाले लाभ हुने शास्त्रमा उल्लेख गरिएको छ ।शास्त्रानुसार आइतबारका दिन सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्नु उपयुक्त मानिन्छ ।

यमपञ्चकको तेस्रो दिन भोलि कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा भोलि बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

भोलि विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।

कात्तिक ३० गते लक्ष्मीपूजा शास्त्र विपरीत

यस वर्ष केही समूहले लक्ष्मीपूजा कात्तिक ३० गते मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्पे्ररित गरी प्रचारप्रसार गरेको समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो । “केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७, २०७६ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले”, उहाँले भन्नुभयो ।

राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गर्नुभएको छ । राजनीति गर्नेहरुले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उहाँको आरोप छ ।
धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उहाँको भनाइ छ । त्यसअनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुुपर्ने समिति सदस्य जोशीको सुझाव छ ।

कुकुर पाल्नुस्, मुटुरोग र मधुमेहबाट बच्नुस्

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

अरुणोदयकालमा नरक चतुर्दशी स्नान र दीपदान

कार्तिक कृष्ण चतुर्दशीको बिहान आज अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो । यस वर्ष कात्तिक २७ गतेदेखि तिहार शुरु भएको हो । दोस्रो दिन शुक्रबार काग तिहार पर्व मनाइएको थियो ।

हिले भाकल भनेको के हो भन्ने उत्तर तर्फ भाकल भनेको हामीले कुनै पनि देवीदेवता सँग गरिने भाका हो । एक किसिमले भनौभने भाकल भनेको भाका नै हो । भाकल गर्ने व्यक्तिले केही पाउँ, कुनै व्यापार व्यवसाय गर्दा राम्रो होस, बिरामी हुँदा ठीक होस वा कसै सँग टाढा बसौं भनी आफ्नो ईच्छा अनी आफुले छनौट गरी त्यसो पुरा गरेमा म यो दिन्छु वा यसो गर्छू वा कुनै कुराको बली दिन्छु अथवा भेटी पैसा नै चढाउँछु भनी कुनै मन्दीरमा या आफ्नो मन मनै गरिने भाका हो ।भाकल देवी देवतालाई गरीने अत्यन्तै महत्वपूर्ण बाचा हो र यो पुरा गर्नै पर्दछ । किनकी भाकल गर्ने व्यक्तिले यसो गर्छु गर्दिन भनेर बाचा कसम खाएको हुन्छ । देवी देवतालाई गरिने भाकल भनेको एक ग’म्भीर कुरा हो भनी हाम्रो धर्म शास्त्रले बताएको छ ।धर्मशास्त्रमा भनिएको छ कुनै मानिस ले देवीदेवताको निम्ती भाकल गर्छ भने त्यो भाकल कहिले पनि भं’ग गर्न हुदैन । जसको मन बाट जुन कुरा निस्कीए को छ त्यो कुरा पुरा गर्नै पर्दछ ।भाकल जुन समयमा बुझाउँछु भनेको छ सो समयमा बुझाउनै पर्दछ नत्र देवीदेवता त्यो व्यक्ति सँग प्रसन्न कहिले पनि हुँदैनन भन्ने हाम्रो धर्मशास्त्रमा उल्लेख छ ।के भाकल गरेपछी भाकल बुझाउनै पर्दछ त ? हो यदी कसै ले कुनै कुरा मागी भाकल गर्दछ यसो गरी दिए यति समय मा यस्तो गर्छु भन्ने भाका गर्दछ भने त्यो अवश्य पुर्याउनु पर्दछ ।यसको बैज्ञानीक कारण यस्तो छ यदी कसैले भाकल गरे अथवा कुनै कुरा गर्छु भनी भाका गर्दछ त्यो समयमा त्यसले आफुले बोलेको भाका पुरा गर्न सकेन भने उसको शरिरमा भएको आज्ञा चक्रले काम नगरेको भन्ने बुझिन्छ अथवा उ कुनै पनि कुराको निर्णय लिन नसक्ने मान्छे भन्ने बुझिन्छ । उसले कुनै पनि कुरामा अडिक रहन सक्दैन । त्यसैले आफुले बोलेको कुरा पुरा गर्न सक्ने मान्छे मात्र जिवनमा अघि बढ्दछ । त्यसैले भाकल (भाका) बोल्दै नबोलौ बोलेको कुरा पुरा गरौं, सत्य मानिसको साथ सबैको आशिर्वाद प्राप्त गर्दछ र त्यस्ता मानिस सँग देवीदेवता पनि प्रशन्न हुन्छन् भन्ने हाम्रो मान्यता छ ।

यदी कसैले भाकल बोलेर पुरा गर्दैन भने उसको भाग्य नै बिग्रिएर जान्छ किनकी हाम्रो जिवनको सात चक्र मध्ये सबै भन्दा महत्वपूर्ण चक्र भनेको आज्ञा चक्र हो । आज्ञा चक्र भनेको हाम्रो सात चक्र मध्येको राजा चक्र हो । जसको आज्ञा चक्रै बिग्रन्छ उसले जिवनमा कहिले पनि उन्नती प्रगती गर्न सक्दैन । त्यसैले आफ्नो आज्ञा चक्र बलियो बनाउने वा कमजोर बनाउने आप्mनै भित्र भएको कुरा हो । त्यसैले आप्mनो आज्ञा चक्र बलियो बनाउनु छ भने आफुले बोलेको भाकल समयमै पुरा गर्नु पर्दछ ।नबुझाएमा के हुन्छ त ? यही आज्ञा चक्र कमजोर भएपछि मानिसहरु धेरै कुरा सोच्न थाल्दछ आफुले गरेका कामहरु बिग्रिन थालेपछि उसले आफुले गरेको भाकलहरु सम्झन थाल्दछ र यसो हुँदा उसले भाकल बोलेको देवीदेवता सम्झन थाल्दछ । धरै सोच्दा सोच्दै उसले आफ्नो सपनामा देवी देवताहरु देख्न थाल्दछ र देवी देवताले आप्mनो कामहरु रोके भनी देवी देवतालाई नै गा’ली गर्न थाल्दछ ।त्यसैले आफुले बोलेको भाकल समयमै पुरा गरी आफ्नो आज्ञा चक्रलाई कमजोर हुन नदिऔं । यहीमै आफ्नो हित हुनेछ ।यस्तै,पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो ।

यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन।

अन्य समाचार, विहीबार देवताहरुका गुरु बृहस्पतिको दिन हो। बिहिबारको दिन भगवान विष्णु र गुरु बृहस्पतिको आराधाना गरिन्छ। यस दिन सर सफाईलाई विशेष ध्यानमा राख्नुपर्ने मान्यता छ। यस दिन मूल्यवान धातु खरिद गर्न, व्यवसायमा लगानी गर्न, बाललवालिकाको शिक्षा आरम्भ गर्न अत्यधिक शुभ मानिन्छ।

त्यसैगरी यस दिन विवाहसँग सम्बन्धित काम सुरू गर्न उत्तम मानिन्छ। साथै बिहिवारको दिनलाई देवी लक्ष्मीको शुभदिन पनि मानिन्छ । यसदिन लाई देवराज इन्द्रले शाशन गर्ने गर्दछन्। ज्योतिषशास्त्रका अनुसार यस दिन मांसाहारी खाना, मदिराको सेवन गर्न नहुने र दक्षिण दिशातर्फ यात्रा गर्न अशुभ मानिन्छ।

त्यसैगरी, विहीबारको दिनलाई शुभ बनाउन पहेंलो वा फिक्का सेतो लुगा लगाउनु उत्तम हुने धार्मिक मान्यता छ । यदि पहेलो वा फिक्का सेतो रंगको कपडा नभएको खण्डमा आफ्नो घर वा कार्यालयमा पहेंलो वा फिक्का सेतो फूल राख्दा पनि शुभ मानिने गर्छ।

यसबाहेक बिहीबारको दिन राम्रो भाग्यलाई आकर्शित गर्न घरबाट कुनै कामको लागि निस्किनु अघि खानामा पहेलो राय प्रयोग गर्नु अत्याधिक शुभ मानिन्छ। साथै यसदिन रहरको दाल, मेवा र खानासँग घ्यूको प्रयोग गर्दा भाग्यमा राम्रो परिणाम ल्याउने धार्मिक विश्वास छ ।

अन्य समाचार, आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक ६ गते बिहिबार इश्वी सन २०२० अक्टोबर २२ तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष षष्ठी तिथी मूल नक्षत्र अतिगण्ड योग गर करण चन्द्रं धनु राशिमा आनन्दादि योगमा धु्रम योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु शारदीय नवरात्र षष्ठी विल्व निमन्त्रण सरस्वतीलाई आवाहन गर्ने दिन (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

अन्य समाचार, एक समय देशमै बसेर यहाँको शिक्षाको बिकासमा योगदान गर्छु भनेर डा श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आउनुभयो । केही बर्ष काठमाडौमा बसेर केही शैक्षिक संस्थामा काम पनि गर्नुभयो,अन्तत: केही बर्ष अघि उहाँको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो -” म हारेँ,काम गर्ने कुनै सकारात्मक बाताबरण भएन । म त्यसैले गह्रौ मन लिएर कम्बोडिया फर्कँदैछु ।”

अर्को एक प्रसङ्गमा ७४ सालतिर भर्खरै कार्यकारी प्रमुख भएको बेला कुलमान घिसिङसङ्ग उहाँकै कार्यकक्षमा अन्तरबार्ता गर्दा उहाँले आफ्नो प्राधिकरणको जागिरको अनुभव सुनाउँदा दुई बर्स बिना काम हाजिर गरेर तलब खान परेको पीडा सुनाउनुभएको थियो । तिनै घिसिङ कार्यकारी प्रमुख भएसी भाद्रमा दैनिक ७ घण्टाको लोडसेडिङ तिहारको दिपावलीको दिन समेत देशमा लोडसेडिङ भएन । यो घटनाले पनि हामी कति प्रतिभा पारखी रहेछौं भन्ने देखाउँछ ।

अहिले गोबिन्द केसी जुम्लामा अनसन बसेका छन् । ती फकिरलाई कसले उचालिदियो र बिगतमा सानो कुरा हुनासाथ पलेटी कसिहाल्थे त्यसको समीक्षा पछि गरौँला तर उनका केही बिसय त पुष्टि भएका छन् नि । स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भने जनताले दुख पाउँछन् भन्ने उनको बुझाइ त अहिले फैलिएर सरकार नै माफियाको हातमा गएको हैन र? जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने र त्यसलाई सुबिधासम्पन्न बनाउने उहाँको मागमा सरकारलाई किन बिमती? प्रष्ट छ, मोफसलमा स्वास्थ्यका सुबिधा पुर्याउँदा शहरमा बसेर जनता मारेर नेता पोस्ने कसाहीहरुको सुसेधन्दा चौपट हुन्छ हो ?

कुलमानका बिसयमा अहिले एकपछी अर्का जलमाफिया,जनमाफिया,राजनितिक व्यापारी कम्मर कसेर लागेका छन् । यो मामिलामा सरकारमा बस्ने कतिले निर्लज्जताको पराकाष्ठा नाघेका छन् । नेता र मन्त्री हुनु भनेको झुट बोल्ने लाइसेन्स पाउनु हो भने ठिकै छ हैन भने उर्जामन्त्रीले जनताका अघि सफेद झुट बोलेका छन् । मेरो जनतालाई चेतावनी छ- कहिलेसम्म बिबेक बन्दकी राखेर राजनितिक ब्यापारीलाई जनप्रतिनिधिको रुपमा जिताउँछौ हँ ? मन्त्रालयको तर्फबाट कुलमानको प्रस्ताव लैजान्छु भनेर मेरै कार्यक्रममा जनताकाबिच बोलेका र प्रतिबद्धता गरेका उर्जामन्त्री बर्षमान पुनले जनतालाई झुटो बोले बापत राजिनामा दिन पर्दैन ? कि प्रधानमन्त्रीले पुनको प्रस्ताब रोकेको हो भने जनतालाई प्रष्ट भन्नुपर्यो,हिसाब त्यतै मागौँला । कि लेनदेन नमिलेको ? कुलमानले गत चुनावमा चुनाब खर्च दिएनन् हो? पार्टी र नेता पाल्ने माफिया,बिचौलिया र इन्भर्टर ब्यापारीकै प्रभाबमा कानुनको अड्चन निकालेको भए यसको मूल्य महङ्गो पर्नेछ ,ढुक्क भए हुन्छ । अहिले सत्तामा बस्दा हामीलाई कस्ले के गर्न सक्छ भन्ने लाग्छ । यस्तै सोच्थे सद्दाम हुसेन,पर्भेज मुसरफ अनि हिटलर पनि । उनीहरुको नियती पढेको भए ठिकै छ,नत्र एकपल्ट पढेर ती मध्ये कसको नियती प्यारो छ,चिठ्ठा थुत्दा भैगो ।

कुलमानलाई पुनर्नियुक्ती नगर्नुको कारण जनतालाई बताउने हिम्मत छैन ? कानुनले मिल्दैन भने अहिलेसम्मका कति नियुक्ती कानुनसम्मत् छन् ,सरकार स्वतन्त्र छनबिनका लागि तयार छ? मन्त्री सरहको सुबिधा दिएर प्रमुख आर्थिक सल्लाहकार नियुक्त गर्ने कानुन चाहिँ कहाँ छ?कि सल्लाहकारका भाइ, मन्त्रीका नातादार, घरमुलीका हुक्के बैठके र धन्दाता बिचौलिया नियुक्ती गर्दा कानुन चाहिँदैन? कानुनले नमिलेको हो भने कानुन किन नसच्याएको ? जनताले चुनाबमा लोप्पा खुवाएकालाई संविधान संसोधन गरेर प्रधानमन्त्री बनाउन कार्यदल बनाउने नेकपाले कुलमानलाई कानुनको तगारो लगाउन खोजेको छ, जनताले आउँदो चुनाबमा यस्ता दललाई गरालो लगाउनेछन् ।

कुर्सी र शक्तीले मैमत्तहरु बिबेक बन्दकी राखेर अट्टहास गर्छन् । तिनैको फर्मानले पार्टीको प्रबक्तालाई कुलमानको पक्षमा बोल्न रोक लगाइएको छ । प्रबक्ता पनि कति निरीह,बच्चाले माथीबाट बारम्बार पिसाब गर्छ,अनि उनी टाउको सुम्सुम्याइरहने । के को लालसाले होला,त्यो दुर्गन्ध सहिरहन परेको ?

अझ कुलमानलाई खुला प्रतिस्पर्धाबाट आउन समेत चुनौती दिइएको छ । आफुले जिन्दगीमा कहिल्यै प्रतिस्पर्धा नदेखेका, राज्यकोषबाट चाकडीका भरमा घर चलाएकाहरुले प्रतिस्पर्धाको कुरा गरेको सुहाउँदैन । ४८ सालपछी पालैपालो सरकार र ढुकुटीमा रजाइँ गरेका अनि नातालाई पालो पुगेर नियुक्ती बिक्रीमा दलाल खरिद गरेकाले खुला प्रतिस्पर्धाको कुरा गर्दा प्रतिस्पर्धा भन्ने शब्द नै लजाउला ।

कुलमानले गल्ती नै गरेका छैनन् भन्ने होइन गरे होलान् ,तर तिमिहरुको अघि त्यो निकै कम होला । कुलमानले घोटाला गरेकै छैनन् भन्ने होइन,तर तिमिहरुले त घप्लक्कै पो गरेका छौ त । कुलमानले सबै गरे भन्ने हैन गर्न बाँकी होला या सकेनन् ,तिमिहरुले त गर्दा पनि गरे नौ र गर्दा पनि गर्दैनौ नि । कुलमानले तिमिहरुलाई टेरेनन् होला,तिमिहरुले चाहिँ जनतालाई टेरेका छौ र ? अनि नियम जति जनताका नायक कुलमानले मात्र मान्न पर्ने हो र? कुलमान कसैका कुरा सुन्दैनन् निरंकुश र अधिनायक भए भन्ने लागेको भए,तिमिहरु भन्दा ठूलो अधिनायक को पो होला र ?

हैन कुलमानले गरेका राम्रा कामले पोलेकै हो र ?उनकै कारण आफ्नो मान्छे नियुक्त गर्न गार्‍हो भएको नै हो भने कुलमान घिसीङलाई देश निकाला गरौं । बत्ती दिन र जनतालाई उज्यालो दिनु उनको गल्ती थियो भने कानुन बनाएर मृ’त्युद’ण्ड दिँदा नि भयो । न रहे बाँस न बजे बाँसुरी ।

थप समाचार, प्रधानमन्त्री ओलीको सपना, उनको योजना रेल यथावत विपना भइदियो- रेल आयो ! सामाजिक संजाल आज भोलि यति छिटो छ कि बहस, पैरवि, फैसला बनेर कुनै पनि बिषय घडिको सुई चले जस्तै सेकेण्डमै आइहाल्छ। नेपालको कुना मात्र होइन विश्वको हरेक कुनामा पुगेका नेपालीलाई यो हप्ता जनकपुर-जयनगर रेलको बिषयले छोयो । सपनामय रेल साँच्चै विपनामा आउँदा दसैको बेलामा नयाँ लुगा लगाउन पाएको बालकको जस्तो कुतकुति भएको देखियो । राणा कालमै राजधानी काठमाण्डूमा रेल कुदेको नेपालका लागि गणतान्त्रिक युगमा रेल नौलो हुनु नपर्ने हो। भैदियो।

रेल नचढेपनि रेलको खास व्याख्या गर्न सक्ने भैसकेका छौं हामी। राजनी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *